यस्तो छ आज तरकारी र फलफूलको मूल्य - Chaitanya News
  • 2026-06-29
  • 15:45:07
  • सोमबार,आषाढ १५, २०८३
  • यस्तो छ आज तरकारी र फलफूलको मूल्य

    यस्तो छ आज तरकारी र फलफूलको मूल्य

    काठमाडौँ– आज (सोमबारका) लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ।

    मूल्यसूचीअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १००, गोलभेँडा सानो टनेलको १३५, गोलभेँडा सानो लोकलको १००, आलु रातोको ८०, काउली स्थानीयको १२०, टाटेसिमीको ९० रुपैयाँ कायम भएको छ।

    यसैगरी लसुन सुकेको नेपालीको ३५०, लसुन हरियोको २५०, अदुवाको १५० रुपैयाँ कायम हुँदा केरा दर्जनको १७०, अनारको ४८०, अम्बाको १८० रुपैयाँ कायम छ।