प्रधानमन्त्री बन्न रामचन्द्र पौडेलको दौडधुप - Chaitanya News
  • 2026-04-23
  • 00:17:46
  • बुधबार,बैशाख ०९, २०८३
  • प्रधानमन्त्री बन्न रामचन्द्र पौडेलको दौडधुप

    प्रधानमन्त्री बन्न रामचन्द्र पौडेलको दौडधुप

    काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भावी प्रधानमन्त्रीको गृहकार्यमा जुटेका छन् । तनहुँ – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पौडेलले प्रधानमन्त्रीका लागि दौडधुप थालेका हुन् ।​

    पौडेलले कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका शीर्ष नेतासँग एक चरण छलफल गरेका छन् ।

    सोहि क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता पौडेलबीच भेटवार्ता भएको छ। उनीहरुबीच कोटेश्वरस्थित नेता नेपालको निजी निवासमा भेट भएको हो।

    पौडेल निकट स्रोतका अनुसार आगामी नयाँ सरकार बनाउने र गठबन्धन कायम राख्ने विषयमा कुराकानी भएको थियो। पौडेलले आफूलाई प्रधानमन्त्री बन्न नेता नेपालसमक्ष अनुरोध गरेका थिए। जवाफमा नेता नेपालले आफ्नो सहयोग हुने बताएका थिए।

    यसअघि पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिसँग पनि भेट गरिसकेका छन्।