प्रमुख प्रशासकीय अधिकृत आर्थिक अधिकार र आर्थिक नियम तथा प्रशासनिक कामकाज गर्ने गराउने स्थानीय तहको कार्यलयको कार्यलय प्रमुख हो । पालिकाभित्र भइरहेको कामलाई जनतासमक्ष पुर्याउने र केही पालिकाहरुमा भौगलिक विकटताका र सिमित स्रोत साधनका बीच काम गर्न असहज भइरहेको बेला कुन पालिकाले कसरी काम गरिरहेका छन ? त्यहाँका जनताको अपेक्षा के छ ? यिनै कुरालाई मध्यनजर गर्दै चैतन्य खबरले विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग संवाद गरिरहेको छ । आज चैतन्य खबरका लागि निर्मला कडायतले कैलालीको बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दा कुमारी भट्टसँग गरेको संवादको सम्पादित अंशः
तपाँई हाल कार्यरत पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवार िसम्हाल्नु भएको कति भयो ?
मैले बर्दगोरिया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवार िसम्हालेको करिव डेढ महिना भयो ।
योे छोटो अवधिमा यहाँका जनप्रतिनिधिको व्यवहार र यहाँको माहोल कस्तो पाउनु भयो ?
मैले यहाँ जनप्रतिनिधिहरुको राम्रो साथ र सहयोग पाइरहेको छु । यहाँका जनप्रतिनिधिहरु, कर्मचारहिरु सबै मिलनसार हुनुहुन्छ । सबै जना मिलेर हामीले कामहरुलाई अगाडी बढाइरहेका छौं ।
पालिकामा कर्मचारीप्रति जनताको कस्तो अपेक्षा पाउनु भएको छ ?
स्थानीय तहमा जनताहरुले अपेक्षा त थुप्रै गरेका छन् । हामीले पनि जनताहरुलाई सेवा दिइरहेका छौं । जनताहरुले नजिकबाट सेवा पाइरहेका छन् । रोकिएका योजनाहरुदेखि पालिकाले प्रवाह गर्ने सेवामा सहजता हुने उहाँहरुमा अपेक्षा छ । जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न र सेवा प्रवाहका रुपमा उहाँहरुले भोग्नु परेका कठिनाईहरुको समाधान गर्दै प्रविधि र जनमैत्री पालिका बनाउने मेरो भूमिका रहने छ ।
तपाँईले पालिकामा प्रशासकीय कार्यशैलिको कुसल व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
पालिकाका जनतालाई सेवा दिने भनेर हामी आएका हौं । त्यसका लागि हामीसँग कर्मचारकिा विभिन्न सङ्यन्त्र छन् । विभिन्न शाखाहरु छन् ।सबै कर्मचारीहरुले आफ्नो जिम्मेवारी राम्रोसँग निभाई रहनु भएको छ । शाखामार्फत हुने सेवा प्रवाहलाई चुस्तता पार्ने छौं । विभिन्न वडा र शाखाबाट आएका रिपार्टको अध्ययन गर्दै तयहाँका समस्याको पहिचार गरेर समाधान हुनेगरि काम पनि गर्ने छौं ।
कर्मचारीको प्रयाप्तता, सहजता, असहजता के छ ?
कर्मचारीको अभाव नै छ । नेपाल सरकारले कायम गरेको दरबन्दी अनुसार त कर्मचार िछैनन् । तथापि स्थानीय सरकारले विभिन्न शाखालगायत प्रशासनीक क्षेत्रमा काम गर्नका लागि आफ्नो स्रोतबाट पनि कारार सेवामा कर्मचारी राखेको छ । त्यसरी पनि हामीले जनतालाई प्रदान गर्ने सेवालाई सहज तुल्याएका छौं ।
के भइदिएमा अझै गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ लाग्छ ?
पालिकामा कर्मचारीको अभाव छ। यदि दरबन्दी अनुसार कर्मचारी भइदियो भने हामीले गरिरहेका काम कारबाहीलाई अझै गुणस्तरीय बनाउन सकिन्छ । अर्को बजेको अभाव छ । जनताले धेरे कुराको अपेक्षा गरेका हुन्छन् । ति जनअपेक्षाहरु पुरा गर्न हाम्रो बजेटले भ्याउदैन । यस्तै ऐन कानुनको स्पस्टता हुन पनि जरुरी छ । एने कानुनको स्पस्टता नहुँदा हामी धेरै कामहरुमा अलमलिनु पर्ने हुन्छ । तिन तहको समन्वय हुन पर्छ भन्छन् । तर तिन तहको समन्वय भएको जस्तो मलाई चाहीँ लाग्दैन । सबै भन्दा मुख्य कुरा भनेको ऐन कानुनको स्पस्टता भइदिएमा हामीलाई अझै गुणस्तरीय सेवा दिन सजिलो हुने थियो ।
अहिले लोकसेवाको आकर्षण बढ्दो छ, तयारी गरिरहनुभएका परिक्षार्थीलाई के भन्न चाहानु हुन्छ ?
लोकसेवा एउटा स्वच्छ प्रतिशप्रधाको रुपमा चिनिएको सेवा हो । अहिले लाखौं युवाहरु विदेशीएका छन । तर विदेशको मोह त्यागरे सफा मनले म नेपालमा नै केही गर्छु भन्ने सोच बनाएर लोकसेवाको तयारी गर्नुहोस् निजामती सेवाले अवश्य पनि तपाँईलाई स्वागत गर्ने छ । नेपालमा नै मेरो भविष्य छ भन्ने सोचेर लोकसेवा तयारी गर्नुभयो भने अहिले लोकसेवामा धेरै अबसर छन् । पछिल्लो समय लोकसेवाप्रति आर्कषण बढी रहेको छ । धेरै युवाहरु लोकसेवामा आईरहेका छन् । र नआएका हरुलाई पनि लोकसेवा तयारी गरेर नेपालमा नै बसेर जनताको सेवा गर्ने यति राम्रो अवसर नगुमाउनुहुन म युवा साथिहरुलाई अनुरोध गर्दछु ।
कसरी तयारी गर्दा लोकसेवामा सफलता प्राप्त हुन्छ जस्तो लाग्छ यहाँलाई ?
पछिल्लो समय लोकसेवामा प्रतिशप्रधा चलिरहेको छ । त्यो प्रतिश प्रधालाई चिर्नका लागि अरु भन्दा फरक तरीकाले तयारी गर्ने, लोकसेवा तयारी गर्ने नै हो भने यो सेवा मेरा लागि हो भन्ने तरीकाले सोचेर पढ्नु पर्छ । बजारमा निस्किए का चलेका लेखकहरुका पुस्तक गर्नुपर्यो। आफुले नोट बनाउने । अनुकुल समयमा बढी भन्दा बढी अध्ययन गर्ने । दैनिक हुने घटनाक्रमसँग अपडेट हुने । नियमित अभ्यास गररेपछि सफलता अवश्य पनि मिल्नेछ । कोही पनि मान्छेले सबै कुरा पहिले नै जानेका हुँदैनन् । पहिलो पटकमा नै त कोही सफल होला कोही असफल होला । निरन्तर प्रयास गरिरहेपछि एक पटक सफलता अवश्य मिल्ने छ । मलाई पनि सुरु–सुरुमा म सक्दिन कि जस्तो लाग्थ्यो तर मैले निरन्तर प्रयास गरिरहे र आज प्रमुख प्रशासकीय अधिकृत हुन सफल भएकी छु । निरन्तर अभ्यास गरिरहनु पर्छ । निरन्तर अभ्यास गरिरहेपछि जुनसुकै बेला पनि सफलता प्राप्त गर्न सकिन्छ ।