प्रस्तावित न्यायाधीश निरौलाले पेस गरे १५ पेज लामो कार्ययोजना, यस्ता छन् उनका कार्य योजना (हेर्नुहोस् सूची) - Chaitanya News
  • 2026-07-04
  • 08:13:16
  • शनिबार,आषाढ २०, २०८३
  • प्रस्तावित न्यायाधीश निरौलाले पेस गरे १५ पेज लामो कार्ययोजना, यस्ता छन् उनका कार्य योजना (हेर्नुहोस् सूची)

    प्रस्तावित न्यायाधीश निरौलाले पेस गरे १५ पेज लामो कार्ययोजना, यस्ता छन् उनका कार्य योजना (हेर्नुहोस् सूची)

    काठमाडौँ– सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाले आफ्नो कार्य योजना पेस गरेका छन्। आज (शुक्रवार) भएको संसदीय सुनुवाइ मा प्रस्तावित न्यायाधीश निरौलाले आफ्नो १५ पेज लामो कार्य योजना पेस गरेका हुन्।

    कार्ययोजनामा उनले संविधान र कानुनले न्यायपालिकालाई सुम्पेको भूमिका र जिम्मेवारीलाई छिटोछरितो, गुणस्तरीय र प्रभावकारी रूपमा सम्पादन गर्ने प्रतिबद्धता जनाएका छन्। उनले न्याय सम्पादनमा सक्रिय रहने, फैसला तथा आदेशको कार्यान्वयन गर्ने, विवाद समाधानका वैकल्पिक उपायको अवलम्बन गर्ने, न्यायिक सुशासनमा जोड दिने लगायतका प्रतिबद्धता जनाएका छन्।