१०० खर्बको निक्षेप उपकरणमा बैंकहरुले दिए दोब्बर आवेदन - Chaitanya News
  • 2026-06-29
  • 13:37:16
  • सोमबार,आषाढ १५, २०८३
  • १०० खर्बको निक्षेप उपकरणमा बैंकहरुले दिए दोब्बर आवेदन

    १०० खर्बको निक्षेप उपकरणमा बैंकहरुले दिए दोब्बर आवेदन

    काठमाडौँ– राष्ट्र बैंकले १०० अर्बका लागि जारी गरेको निक्षेप उपकरणमा दोब्बर माग परेको छ। बुधबार राष्ट्र बैंकले खुला बजार हस्तक्षेप अन्तर्गत गरेको बोलबकोलमा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ७ अर्ब रुपैयाँ बराबरको आवेदन दिएका हुन्। २५ वित्तीय संस्थाले ६६ वटा बोलपत्र मार्फत् सो बराबरको निक्षेप राख्न आवेदन दिएको राष्ट्र बैंकले जनाएको छ।

    बुधबार संकलित निक्षेपका लागि २।९५ प्रतिशतसम्म ब्याजदर बोलकबोल गर्ने बैंकले निक्षेप उपकरण खरिद गर्न पाएका छन्। न्यूनतम २.७२२५ प्रतिशतसम्म ब्याजदर कबोल गरेका थिए। औसतमा भने २.८६७१ प्रतिशत ब्याजदर कायम भएको राष्ट्र बैंकले जनाएको छ।

    यसअघि एक सय अर्बको बोलकबोल गर्दा जम्मा ३२ अर्ब रुपैयाँका लागि मात्रै आवेदन परेको थियो। त्योबेला बैंकहरु स्थायी निक्षेप सुविधा लिनतिर लाग्दा आह्वान गरिएकोभन्दा कम आवेदन परेको थियो।