काठमाडौँ– आज (बुधबार) नेपाल राष्ट्र बैंकले एक सय अर्ब रुपैयाँ बराबरको निक्षेप उपकरणका लागि बोलकबोल गर्दैछ। बजारको उच्च तरलता व्यवस्थापन गर्न बैंकले एकैपटक यो परिमाणमा निक्षेप संकलन बोलकबोल गर्न लागेको हो।
२१ दिन अवधि रहेको उक्त मंसिर १२ गते परिपक्व हुनेछ। उक्त उपकरणका लागि बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बिडिङ गर्नसक्ने उल्लेख गरिएको छ। आवेदन दिँदा कम्तीमा १० करोड रुपैयाँ र त्यसभन्दा माथि पाँच करोड रुपैयाँले भाग जाने परिमाणमा लागि बोलकबोल गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
बैंकले अघिल्लो महिना पनि राष्ट्र बैंकले एक खर्ब रुपैयाँ बराबरको निक्षेप बोलकबोल गरेको थियो। त्यतिबेला बैंकहरुले ३२ अर्ब रुपैयाँका लागि मात्रै आवेदन दिएका थिए।
बजारमा अहिले पनि उच्च चतरलताको अवस्था छ। अन्तरबैंक ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको ३ प्रतिशतभन्दा तल झरेपछि खुला बजार हस्तक्षेप गर्ने राष्ट्र बैंकको नीति छ। मंगलबार अन्तरबैंक व्याजदर २.७० प्रतिशत कायम भएको थियो।