काठमाडौँ– देशभर ५० बिघामा आलु लगाउने ‘विप्लव’को तयारी गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ कपिलवस्तुमा आलु रोप्ने कार्यमा व्यस्त रहेका छन् ।
पार्टीले सञ्चालन गरेको सामूहिक कृषि तथा जनकम्युनको अवधारणाअनुसार कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ९ अञ्चलपुरमा रहेको केन्द्रीय कार्यालय नजिकै ५ बिघा क्षेत्रफलमा निरन्तर आलु लगाइरहेका छन्।
मेसिनको प्रयोग गरी ‘विप्लव’सँगै सचिवालय, स्थानीय नेता, कार्यकर्ता र जनताका सहभागिता आलु लगाइएको नेकपा प्रचार विभागका सदस्य प्रकाश डुम्रेले बताए। नेकपाले कपिलवस्तुमा मात्रै करिब ५ बिघामा आलु लगाउने तयारी गरेको छ भने चितवन, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा करिब ५० बिघामा आलु रोप्ने तयारी गरेको छ।
पार्टीद्वारा सञ्चालित जनश्रम कृषि सहकारी सस्था लिमिटेडसँग न्यूनतम ४ लाख केजी आलु र सी। जी। फुड्स नेपाल लिमिटेड सानेपाले उत्पादित आलु खरिद गर्ने सम्झौता भएको छ। गतहप्ता मात्र नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लव सी लगायतको टोलीले कपिलवस्तु रहेको केन्द्रीय कार्यालयमा १६ टन बिउ आलु भित्र्याएको छ।