२८ सयले घट्यो सुनको मूल्य - Chaitanya News
  • 2026-06-29
  • 13:38:08
  • सोमबार,आषाढ १५, २०८३
  • काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन तोलामा २ हजार ८ सय रुपैयाँले घटेर १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    कात्तिक १५ गते छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेर २ हजार ३० रुपैयाँ कायम भएको छ। यसअघि कात्तिक १५ गते चाँदीको मूल्य प्रतितोला २ हजार ९० रुपैयाँ रहेको थियो।