काठमाडौँ– संघीय संसद् सचिवालयले भारत सरकारसँग ३८ वटा कार र ७५ वटा मोटरसाइकल मागेको छ।
संसद् सचिवालयले अर्थ मन्त्रालयमार्फत भारतीय सहयोगका लागि पहल गरिएको संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले जानकारी दिए।
उनका अनुसार भारतीय सहयोगमा सवारीसाधन प्राप्त हुने गरी पहल भएको र अर्थ मन्त्रालयमार्फत सहयोगस्वरुप सवारीसाधन प्राप्तिका लागि गृहकार्य अगाडि बढेको छ। संसद् सचिवालयका पदाधिकारी र कर्मचारीका लागि आवश्यक सवारी साधनका लागि समन्वय भएको कोइरालाले बताए।