नेसपाको केन्द्रीय समिति १५१ जना, पदाधिकारी १३ सदस्यीय रहने - Chaitanya News
  • 2026-07-04
  • 09:52:49
  • शनिबार,आषाढ २०, २०८३
  • नेसपाको केन्द्रीय समिति १५१ जना, पदाधिकारी १३ सदस्यीय रहने

    नेसपाको केन्द्रीय समिति १५१ जना, पदाधिकारी १३ सदस्यीय रहने

    काठमाडौँ– बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बढीमा १५१ सदस्यीय हुने प्रस्ताव गरिएको छ। सोमबारदेखि पोखरामा सुरु हुने प्रथम विधान अधिवेशनमा पेस हुने मस्यौदामा केन्द्रीय समिति १५१ सदस्यीय राख्ने प्रस्ताव गरिएको हो।

    मस्यौदाको धारा ५ को उपधारा १ बमोजिम १३ सदस्यीय पदाधिकारी रहने उल्लेख छ। जसमा एक जना अध्यक्ष, पाँच जना उपाध्यक्ष, एक जना महासचिव, पाँच जना सचिव र एक जना कोषाध्यक्ष रहनेछ।

    नेसपाको सङ्गठनात्मक स्वरूप र संरचना अन्तर्गत पार्टीको सर्वोच्च निकाय राष्ट्रिय महाधिवेशन रहनेछ। यस्तै सङ्घीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय विज्ञ परिषद्, केन्द्रीय अनुशासन तथा सदाचार आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा आयोग र विभागहरू रहनेछ।