करिब साढे २३ अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार - Chaitanya News
  • 2026-06-29
  • 09:05:59
  • सोमबार,आषाढ १५, २०८३
  • करिब साढे २३ अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार

    करिब साढे २३ अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार

    काठमाडौँ– सरकारले सोमबार करिब साढे २३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दैछ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २३ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलका लागि बोलकबोल खुलाएको हो।

    उक्त बिलमध्ये १८ अर्ब ४९ करोड रुपैयाँ बराबरको नवीकरणीय ऋण रहेको छ भने बाँकी ५ अर्ब रुपैयाँ बराबरको नयाँ ऋणपत्र निष्कासन हुँदैछ। यसका लागि बैंक तथा वित्तीय संस्थाले बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युतीय माध्यमबाट बोलकबोलमा सहभागी हुनसक्ने जनाइएको छ।

    बोलकबोल हुने ऋणमध्ये नयाँ ऋणको अवधि २८ दिनको रहेको छ। नवीकरणीय ऋण भने ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको रहेका छन्।

    यसअघि सरकारले यो आर्थिक वर्षमा मात्रै ३५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरिसकेको छ। सरकारले यो वर्ष ३ खर्ब ३० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ। यसमध्ये ट्रेजरी बिल आन्तरिक ऋणको अल्पकालीन औजार हो।