सेयर बजार ४७ अंकले घट्यो, ८ अर्ब १८ करोडको कारोबार - Chaitanya News
  • 2026-06-29
  • 07:02:13
  • सोमबार,आषाढ १५, २०८३
  • सेयर बजार ४७ अंकले घट्यो, ८ अर्ब १८ करोडको कारोबार

    सेयर बजार ४७ अंकले घट्यो, ८ अर्ब १८ करोडको कारोबार

    काठमाडौँ– आइतबार सेयर बजार परिसूचक ४७.४४ अंकले घटेको छ। २७३३ बिन्दुबाट सुरु भएको कारोबार केही क्षणमै उच्च अंकले घटेर २६९७ बिन्दुमा ओर्लिएको थियो।

    त्यसपछि तीव्र उतारचढावका बिच आइतबार नेप्से २७४८ को उच्च बिन्दुसम्म उक्लिएको थियो। अन्तिममा २६९८ बिन्दुमा आएर कारोबार रोकिएको छ।

    आइतबार १८ कम्पनीको मूल्य बढेको छ। २२६ कम्पनीको मूल्य भने घटेको छ। आइतबार कुल २ करोड ८ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब १८ करोड २ लाख रुपैयाँको कारोबार भएको छ।

    कारोबार रकमका हिसाबले आइतबार गुडविल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो। यसको ४५ करोड ७ लाख मूल्यको सेयर खरिदबिक्री भएको छ।

    आइतबार सेन्सेटिभ इन्डेक्स १.५९ प्रतिशतले घटेको छ। आइतबार सबै उपसमूहको सूचक घटेको छ। सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक ४ प्रतिशतले झरेको छ।