सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकै दिन २ हजार रुपैयाँले बढ्यो - Chaitanya News
  • 2026-06-29
  • 07:02:15
  • सोमबार,आषाढ १५, २०८३
  • सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकै दिन २ हजार रुपैयाँले बढ्यो

    सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकै दिन २ हजार रुपैयाँले बढ्यो

    काठमाडौँ– सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको हो।

    बिहीबार यस्तो मूल्य १ लाख ६२ हजार ४०० रुपैयाँ रहेको थियो। आजका लागि निर्धारित मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो।

    चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ८० रुपैयाँ तोकिएको छ। बिहीबार यस्तो मूल्य १ हजार ९ सय ५० रुपैयाँ थियो।