यो हो विश्वकै सबैभन्दा छोटो हवाई यात्रा, सरदर डेढ मिनेटमै गन्तव्यमा - Chaitanya News
  • 2026-06-29
  • 07:04:38
  • सोमबार,आषाढ १५, २०८३
  • यो हो विश्वकै सबैभन्दा छोटो हवाई यात्रा, सरदर डेढ मिनेटमै गन्तव्यमा

    यो हो विश्वकै सबैभन्दा छोटो हवाई यात्रा, सरदर डेढ मिनेटमै गन्तव्यमा

    काठमाडौँ– लामो दुरीको यात्राका लागि मानिस हवाई सेवा नै रुचाउँछन्। विमानबाट हजारौँ किलोमिटरको यात्रा केही घण्टामै तय हुनाले पनि हवाई यात्रा कतिपय अवस्थामा बाध्यकारी हुन्छ।

    तर विश्वमा यस्तो पनि हवाई रुट छ, जहाँ सरदर डेढ मिनेटमै मानिस आफ्नो गन्तव्यमा पुग्छ सक्छ। स्कटल्याण्डको वेस्ट्रेबाट पापा वेस्ट्रेसम्मको दुरी १.७ माइल छ। यो दुरी स्कटल्याण्डकै एडिनवर्ग विमानस्थलको रनवे जतिमात्र हो। यति छोटो रुटमा पनि हवाई सेवा सञ्चालित छ।

    वेस्ट्रे–पापा वेस्ट्रेस उडानका लागि सानो विमान प्रयोग हुन्छ, जसमा १० यात्री बस्न सक्छन्। यो रुटमा लोगन एयरले विमान सेवा उपलब्ध गराउँदै आएको छ। पापा वेस्ट्रे एउटा टापु हो, जसमा एक सयभन्दा कम परिवार बसोबास गर्दै आएका छन्। उनीहरू स्वास्थ्य, व्यापारजस्ता प्रयोजनका लागि देशको मुख्य भूभागसम्म पुग्न हवाई यात्रा गर्दछन्।

    औसतमा डेढ मिनेटको हवाई यात्रा हुने यो रुटमा पाइलट स्टुअर्ट लिंकलेटरले एक पटक ५३ सेकेन्डमै गन्तव्यमा पु¥याएका थिए। उनले यो रुटमा १२ हजार पटकभन्दा बढी उडान भरिसकेका छन्, जो अन्य पाइलटको तुलनामा धेरै हो। एजेन्सी