समानुपातिकतर्फ ८३ लाख मत गणना, कुन दलले कति पाए ? - Chaitanya News
  • 2026-04-27
  • 09:21:43
  • सोमबार,बैशाख १४, २०८३
  • समानुपातिकतर्फ ८३ लाख मत गणना, कुन दलले कति पाए ?

    समानुपातिकतर्फ ८३ लाख मत गणना, कुन दलले कति पाए ?

    काठमाडौँ – समानुपातिकतर्फ नेकपा एमाले शिर्ष स्थानमा रहेको छ ।

    निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो अपडेट (आइतबार बिहान १०:०० बजे ) अनुसार अहिलेसम्म ८३ लाख ८० हजार ४८० मत गणना भइसकेको छ ।

    जस अनुसार नेकपा एमाले सबैभन्दा अगाडि रहेको छ । एमालेले समानुपातिकमा अहिलेसम्म २३ लाख ४ हजार ४४९ मत प्राप्त गर्दै शिर्ष स्थानमा रहेको छ ।

    त्यस्तै नेपाली कांग्रेसले २२ लाख ७ हजार ५२७ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ ।

    पछिल्लो अपडेट अनुसार माओवादी केन्द्रले समानुपातिकतर्फ अहिलेसम्म ९ लाख ६६ हजार ३०४ मत प्राप्त गरेर तेस्रो स्थानमा छ ।

    त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २३ हजार ९६५ मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ ।

    त्यस्तै राप्रपाले समानुपातिकतर्फ अहिलेसम्म ४ लाख ८७ हजार ९८ मत प्राप्त गरेको छ भने जसपाले २ लाख ८७ हजार ७५९ मत प्राप्त गरेको छ ।

    त्यसैगरी जनमत पार्टीले २ लाख २१ हजार ८४७ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादी पार्टीले २ लाख २१ हजार २८१ मत प्राप्त गरेको छ ।

    त्यस्तै नागरिक उन्मुक्ति पार्टीले एक लाख ९८ हजार ४१८ मत प्राप्त गरेको छ भने लोसपाले एक लाख १९ हजार ६७७ तथा नेपाल मजदुर किसान पार्टीले ६९ हजार ९८४ प्राप्त गरेको निर्वाचन आयोगले जानकारी गराएको छ ।

    त्यस्तै हाम्रो नेपाली पार्टीले ४७ हजार ८६६, राष्ट्रिय जनमोर्चाले ४३ हजार १२४ मत प्राप्त गरेको छ ।