काठमाडौँ– आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। आज छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर १ लाख ६१ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो (बिहीबार) छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।