एमाले नेता ढकाललाई २२ हजार मतान्तरले पराजित गर्दै मोरङ ३ मा काँग्रेसका सुनिल शर्मा विजयी - Chaitanya News
  • 2026-04-27
  • 07:33:24
  • सोमबार,बैशाख १४, २०८३
  • एमाले नेता ढकाललाई २२ हजार मतान्तरले पराजित गर्दै मोरङ ३ मा काँग्रेसका सुनिल शर्मा विजयी

    एमाले नेता ढकाललाई २२ हजार मतान्तरले पराजित गर्दै मोरङ ३ मा काँग्रेसका सुनिल शर्मा विजयी

    काठमाडौं– एमाले नेता भानुभक्त ढकाललाई २२ हजारभन्दा बढीको मतान्तरले पराजित गर्दै मोरङ ३ बाट कांग्रेस उम्मेद्वार सुनिल शर्मा निर्वाचित भएका छन्।

    २२ हजार ७ सय ३६ मत अन्तरले शर्माले ढकाललाई पराजित गरेका छन्।

    अन्तिम परिणाम अनुसार शर्माले ४८ हजार ६३१ मत ल्याएका छन् भने ढकालले २५ हजार ८९५ मत ल्याएका छन्। राप्रपाकी रेखा थापाले १० हजार ९८८ मत प्राप्त गरेकी छन्।

    यस्तै प्रदेश तर्फ ३ को १ मा काँग्रेसका मान बहादुर लिम्बु निर्वाचित भएका छन्। उनले १९ हजार ७४९ मत पाउँदा एमालेका दिलीप राई १४ हजार ८ सय १७ मतमा खुम्चिए।

    मोरङ ३ को २ मा एमालेका ज्ञानेन्द्र सुवेदी निर्वाचित भएका छन्। उनले एकीकृत समाजवादीका लक्ष्मीकुमार श्रेष्ठलाई पराजित गर्दै निर्वाचित भएका हुन्। सुवेदीले १७ हजार ७ सय २८ मत पाउँदा श्रेष्ठले १५ हजार ३सय ५८ मत प्राप्त गरेका छन्।