देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, (पूर्णपाठसहित) - Chaitanya News
  • 2026-06-29
  • 02:35:55
  • आइतबार,आषाढ १४, २०८३
  • देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, (पूर्णपाठसहित)

    देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, (पूर्णपाठसहित)

    काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ।

    बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ।

    यस्तै आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घट्दा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढेको छ। यसैगरी शोधनान्तर स्थिति रु.४० अर्ब ९० करोडले बचतमा रहेको बैंकको भनाइ छ।

    यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.२०९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको छ भने नेपाल सरकारको खर्च रु.४० अर्ब २१ करोड र राजस्व परिचालन रु.९४ अर्ब ७४ करोड रहेको छ।

    यस्तै विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घट्दा वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.८ प्रतिशतले बढेको छ।

    यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ०.७ प्रतिशतले घटेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ०.३ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ।