एन्फा महिला लिगमा पुलिस क्लब विजयी - Chaitanya News
  • 2026-07-05
  • 05:01:42
  • शनिबार,आषाढ २०, २०८३
  • एन्फा महिला लिगमा पुलिस क्लब विजयी

    एन्फा महिला लिगमा पुलिस क्लब विजयी

    काठमाडौँ– राजधानीमा जारी एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लब विजयी भएको छ।

    सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गरेको हो। पुलिसका लागि निर्मला उपाध्यायले ४३ औँ मिनेट, मनीषा राउतले ५४ र सम्झना लावतीले ८२ औ मिनेटमा गोल गरेकी थिइन्।

    जितसँगै पुलिस ८ खेलमा १८ अंकका साथ तालिकाको तेस्रो स्थानमा कायमै छ भने समान खेल खेलेको कर्णाली ४ अंकका साथ तालिकाको नवौँ स्थानमा रहेको छ। प्रतियोगिता अन्तर्गत बिहीबार पहिलो खेलमा चन्द्रपुर नगरपालिका र वालिङ नगरपालिका र दोस्रो खेलमा कोशी प्रदेश र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने एन्फाले जनाएको छ।