काठमाडौँ– एसियाली विकास बैंक (एडीबी) ले नेपालमा चालु आर्थिक वर्षमा ४.९ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्ष २०८१–८२ मा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ।
एडीबीले गत आर्थिक वर्ष २०८०–८१ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत भएको जनाएको छ। चालु आवमा नेपालको मूल्यवृद्धि दर ५.५ प्रतिशत रहने एडीबीको भनाइ छ। नेपाल राष्ट्र बैंकले भने मूल्यवृद्धि ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ।