Chaitanyakhabar
काठमाडौँ– इलाम २ मा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ १ हजार ६ सय ९३ मतले अगाडि छन् ।
नेम्वाङ २१ हजार १२० मतसहित अग्रस्थानमा छन् भने कांग्रेसका डम्बर वहादुर खड्काले १९ हजार ४२७ मत ल्याएर पछ्याइरहेका छन्।
‘नेपालको कूटनीति असफल होइन, स्वतन्त्रता जोगाउनु नै ऐतिहासिक सफलता’ : पाण्डे
‘लोकसेवामा पहुँच होइन,मेहनत चल्छ’: पहिलो प्रयासमै पहिलो बनेका भरतको अनुभव
सुदूरपश्चिममा सवारीधनीलाई राहत, पुरानो कर र जरिवाना छुट हुने
गृहमन्त्री गुरुङ किन गए भारत ? यस्तो छ भ्रमणको उद्देश्य
काठमाडौँ– भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले नेपालको कूटनीति असफल नभएको दाबी गर्दै दक्षिण एसियाका अधिकांश मुलुक बेलायती उपनिवेशमा रहँदा पनि नेपाल स्वतन्त्र रहनुलाई कूटनीतिक सफलताको प्रमाणका रूपमा प्रस्तुत गरेका छन्। सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना र दृष्टिकोण प्रस्तुत गर्दै पाण्डेले विकास, पूर्वाधार निर्माण र राजनीतिक स्थिरतामा कमजोरी रहे पनि नेपालको…
अछामको विकट गाउँदेखि काठमाडौंसम्मको यात्रा, आर्थिक अभावसँगको संघर्ष र सीमित अवसरबीच पनि भरत साउँदले आफ्नो लक्ष्य छाडेनन्। परिवारको त्याग, आफ्नै मेहनत र सही रणनीतिलाई आधार बनाएर अघि बढेका साउँद पहिलो प्रयासमै नागरिक लगानी कोषको चौथो तह (सहायक) पदमा खुलातर्फ प्रथम नम्बरमा सिफारिस हुन सफल भएका छन्। बुबाको ‘देशमै केही गर्नुपर्छ’ भन्ने प्रेरणा, बहिनीले आफ्नो अध्ययन…
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षभन्दा बढी समयदेखि सवारीसाधन कर नबुझाएका र नवीकरण नगरेका सवारीधनीलाई राहत दिने भएको छ। प्रदेश सरकारले पछिल्ला दुई आर्थिक वर्षको कर तथा नवीकरण शुल्क बुझाएमा त्यसअघिको बक्यौता कर, नवीकरण शुल्क र जरिवाना छुट दिने व्यवस्था गरेको हो। चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत प्रदेश सरकारले यस्तो व्यवस्था गरेको हो। यसअनुसार…
काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी सेवामा नैतिकता, निष्ठा, इमानदारी र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले कुनै पनि पेसागत सफलताको आधार नैतिक आचरण र इमानदारी भएको बताएका हुन्। प्रधानमन्त्री शाहले प्रहरी निरीक्षकहरूलाई तालिममा सिकेका ज्ञान र सीप व्यवहारमा…
काठमाडौँ– अर्थ मन्त्रालयले राजस्व प्रशासनअन्तर्गतका ८५ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले असोज २३ गतेको निर्णयअनुसार नेपाल प्रशासन सेवा, राजस्व समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको हो। सरुवामा २७ जना उपसचिव, १७ जना निर्देशक, २४ जना प्रमुख कर अधिकृत, १३ जना प्रमुख भन्सार अधिकृत र चार जना प्रमुख अनुसन्धान अधिकृत रहेका छन्। मन्त्रालयको…
धनगढीः कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला गरिएको छ। दसैँ–तिहारको अवसरमा घुमफिरका लागि आउने पर्यटकलाई लक्षित गर्दै निकुञ्जले असोज २७ गते मङ्गलबारदेखि जङ्गल सफारी सञ्चालनमा ल्याउने भएको हो। बर्सातका कारण निकुञ्जका सबै मार्ग सञ्चालन गर्न नसकिए पनि पर्यटकलाई सहज रूपमा वन्यजन्तु अवलोकन गराउने उद्देश्यले मुख्य मार्ग खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना…