देउवाले गरे संसदीय मामिला विभागमा १० सदस्य मनोनीत - Chaitanya News
  • 2026-07-05
  • 04:39:42
  • शनिबार,आषाढ २०, २०८३
  • देउवाले गरे संसदीय मामिला विभागमा १० सदस्य मनोनीत

    देउवाले गरे संसदीय मामिला विभागमा १० सदस्य मनोनीत

    काठमाडौँ–  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय मामिला विभागमा १० सदस्य मनोनयन गरेका छन्।

    देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। विभागको प्रमुख केन्द्रीय सदस्य गोविन्दबहादुर शाह रहेका छन्।

    यस्तै अन्य सदस्यमा महेश सिंह कठायत–काठमाडौँ, बासु कार्की–काठमाडौँ, टेकबहादुर कुँवर–अछाम, लाक्पा शेर्पा–दोलखा, नरेन्द्र साह–पर्सा, अस्मिता लामा (खुशीमाया) लम्जुङ, तेज शाह–कञ्चनपुर, धनबहादुर गिरी–ओखलढुंगा, माधव पाण्डे–कालिकोट र मोहन सुनार–दाङ रहेका छन् ।