युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्छ : कांग्रेस नेता भण्डारी - Chaitanya News
  • 2026-07-05
  • 04:39:43
  • शनिबार,आषाढ २०, २०८३
  • युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्छ : कांग्रेस नेता भण्डारी

    युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्छ : कांग्रेस नेता भण्डारी

    धुलिखेल– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले नेताहरूका कारण युवामा निराशा छाएको बताएका छन्।

    काठमाडौंको शङ्खमुलमा रहेको चैतन्य एकेडेमीले धुलिखेल लज रिसोर्टमा आयोजना गरेको हरित अर्थतन्त्र र तीन तहका सरकारबीचको समन्वय विषयक १२औं राष्ट्रिय नीति संवादमा बोल्दै उनले यस्तो बताएकी हुन्।

    युवाहरू बिदेसिने क्रम बढ्दो रहेको हुँदा अब नेताले पद र प्रतिष्ठालाई मात्र महत्त्व दिनुभन्दा देश र जनताको हितमा काम गर्नुपर्छ उनले भने। युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्नेमा उनको जोड छ ।

    मुलुक अब परिवर्तनको बाटोमा अघि बढ्नुपर्ने उनले बताए। अब मुलुक बनाउनुपर्ने वेला आएको भन्दै देशलाई पछाडि फर्कन नदिई परिवर्तन गर्नु अहिलेको आवश्यकता रहेको उनको धारणा छ।

    माननीय अर्थमन्त्री श्री विष्णु पौडेलको प्रमुख आतिथ्यमा आयोजना भएको कार्यक्रममा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनाली, डा. हिरामणी घिमिरे, नेपाल सरकारका पूर्व मुख्य सचिव डा।विमल कोईराला, साहित्यकार एवं कवि डा.नवराज लम्साल र पूर्व मन्त्रीहरु, सांसद, नेताहरु, प्रतिष्ठित उधमिहरु लगायत विज्ञ व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।