गोरखा — माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनको परिणाम अपेक्षित नभएको प्रतिक्रिया दिएका छन्। शुक्रबार गोरखामा मतदातालाई धन्यवाद दिने कार्यक्रममा अध्यक्ष दाहालले देशैभरबाट सोचेअनुसारको परिणाम नआएको बताएका हुन्।
‘देशैभरीबाट अपेक्षा गरेअनुसार अल्लि भएन भन्ने नै हो,’ उनले भने। केही दिनमै गठबन्धनको बैठक बस्नुपर्ने भएकाले आफ्नो गोरखाको कार्यक्रम छोट्याएको पनि उनको भनाइ छ। ‘गठबन्धन दलको बैठक तुरुन्तै बस्नुपर्ने भयो, केही जरुरी गृहकार्य गर्नुपर्ने भएको छ,’ उनले भने,‘केही दिनपछि गाउँ–गाउँ पुगेर धन्यवाद भन्ने नै छु।’
शुक्रबार गोरखामा मतदातालाई धन्यवाद दिने कार्यक्रम छोट्याएर दाहाल काठमाडौं फर्किएका छन्।