धुलिखेल– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधार हुँदै गइरहेको बताएका छन्। चैतन्य एकेडेमीद्धारा धुलिखेल लज रिसोर्टमा आयोजना गरेको हरित अर्थतन्त्र र तीन तहका सरकारबीचको समन्वय विषयक १२औं राष्ट्रिय नीति संवादमा बोल्दै उनले यस्तो बताएका हुन्।
![]()
यस्तै उनले मौद्रिक तथा वित्तीय सूचकहरू सहज बन्दै गएको समेत बताए। “बाह्य क्षेत्र सहज छ । मुद्रास्फीति घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता बढेको छ । अटो मोबाइल र पुँजी बजारलगायत क्षेत्र चलायमान हुँदै गएको छ”, गभर्नर अधिकारीले भने, “चालु आर्थिक वर्षबाट नयाँ ढंगले अर्थतन्त्र चलायमान हुन्छ । हाम्रो प्रणालीमा के–के समस्या छ भनेर हेरेर त्यसलाई नीतिगत रूपमा समाधान गर्दै जाने छौँ।”
![]()
बाफिया विधेयकले बैंक तथा वित्तीय संस्थामा संस्थापक र ऋणी छुट्याउनुपर्ने भन्ने व्यवस्था संशोधनीय छ”, उनले भने, “अख्तियार र सतर्कता केन्द्रले निजी क्षेत्रको नियमन अनुगमन गर्ने व्यवस्था ल्याउँदा त्यसले थप समस्या पार्छ ।”
माननीय अर्थमन्त्री श्री विष्णु पौडेलको प्रमुख आतिथ्यमा आयोजना भएको यस कार्यक्रममा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनाली, डा. हिरामणी घिमिरे, नेपाल सरकारका पूर्व मुख्य सचिव डा.विमल कोईराला, साहित्यकार एवं कवि डा. नवराज लम्साल र पूर्व मन्त्रीहरु, सांसद, नेताहरु, प्रतिष्ठित उधमिहरु लगायत विज्ञ व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
![]()