पश्चिम नवलपरासी–१ बाट नेपाली कांग्रेसका चौधरी विजयी - Chaitanya News
  • 2026-04-22
  • 19:33:38
  • बुधबार,बैशाख ०९, २०८३
  • पश्चिम नवलपरासी–१ बाट नेपाली कांग्रेसका चौधरी विजयी

    पश्चिम नवलपरासी–१ बाट नेपाली कांग्रेसका चौधरी विजयी

    काठमाडौं– नवलपरासी (बर्दघाट सुस्तापश्चिम)१ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरी निर्वाचित भएका छन।

    निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई सात हजार एक सय ७८ मतान्तरले पछि पार्दै चौधरी निर्वाचित भएका हुन।

    जिल्ला निर्वाचन अधिकृत सुजाता खत्रीका अनुसार कांग्रेस उम्मेदवार चौधरी २९ हजार चार सय ९५ मत ल्याएर विजयी भएकन हुन।

    त्रिपाठीले भने २२ हजार तीन सय आठ मत प्राप्त गरे। संविधानसभाको पहिलो निर्वाचन २०६४ र संसदीय निर्वाचन २०७४ मा समानुपातिकतर्फबाट संसद् प्रवेश गरेका चौधरी यसपटक प्रत्यक्षतर्फ निर्वाचित भएका हुन।

    चौधरी २०६४ सालमा नेकपा ९एमाले० तथा २०७४ सालमा काँग्रेसको समानुपातिक कोटाबाट संसद् प्रवेश गरेका थिए।

    पश्चिम नवलपरासी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार पाँच सय ९९ तथा जनमत पार्टीका गुलावप्रसाद चौधरीले पाँच हजार नौ सय ४४ मत प्राप्त गरे।

    यहाँ एक लाख १८ हजार दुई सय ५० मतदाता रहेकामा ८४ हजार तीन सय ३५ जनाले मतदान गरेका थिए।