१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन - Chaitanya News
  • 2026-07-05
  • 04:40:36
  • शनिबार,आषाढ २०, २०८३
  • १६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

    १६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

    काठमाडौँ– संसदीय सुनुवाइ समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ।

    आज (बिहीबार) सिंहदरवारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम बहुमतले अनुमोदन गरेको समिति सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन्। समितिको निर्णयअनुसार चीनका लागि प्राडा। कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, भारतका लागि शंकरप्रसाद शर्माको नाम अनुमोदन भएको छ।

    यस्तै इजरायलका लागि डा।धनप्रसाद पण्डित, मलेसियाका लागि डा। नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फेको नाम अनुमोदन भएको छ। यसैगरी स्पेनका लागि सनिल नेपाल, बेलायतका लागि चन्द्र कुमार घिमिरे र अमेरिकाका लागि लोक दर्शन रेग्मीको नाम अनुमोदन भएको छ।

    शैक्षिक योग्यताको प्रमाणपत्रको विषयमा प्रश्न उठेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूतको नाम भने अनुमोदन भएन। श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको विषयमा अर्को बैठकमा छलफल हुनेछ। उनको विषयमा निर्णय गर्नेबारे स्नातक उत्तीर्णको प्रमाणपत्र नभेटिएको बताइएको छ।