नेकपा एमालेले सामाजिक सञ्जालबाट हुने भ्रम चिर्न नेटवर्क बनाउँदै - Chaitanya News
  • 2026-06-29
  • 00:17:50
  • आइतबार,आषाढ १४, २०८३
  • नेकपा एमालेले सामाजिक सञ्जालबाट हुने भ्रम चिर्न नेटवर्क बनाउँदै

    नेकपा एमालेले सामाजिक सञ्जालबाट हुने भ्रम चिर्न नेटवर्क बनाउँदै

    काठमाडौँ– नेकपा एमालेले नियोजित रूपमा पार्टी र नेतृत्वविरुद्ध चरित्रहत्या गर्ने तथा भ्रमपूर्ण विषय सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेको भन्दै त्यसको संगठितरूपमा प्रतिवाद गर्न तलैसम्म परिपत्र गरेको छ।

    केन्द्रीय सचिवालय बैठकले पारित गरेको ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ मा व्यवस्थित प्रचार कार्य र प्रचार सञ्जालको विस्तार गर्नेबारे विभिन्न योजना तय गरिएको छ।

    महासचिव शंकर पोखरेलले तयार पारेको कार्ययोजनामा पार्टी विरोधी शक्तिहरूबाट नियोजित रूपमा पार्टी र नेतृत्वका विरुद्ध चरित्रहत्या गर्ने र प्रतिष्ठामा आघात पुर्‍याउने खालका अवाञ्छित र भ्रमपूर्ण विषयहरू सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेको उल्लेख छ ।

    कार्ययोजनामा भनिएको छ, ‘पार्टी विरोधी तत्त्वका यस्ता भ्रमपूर्ण प्रचारका कारण सर्वसाधारणमा नकारात्मक प्रभाव विस्तार हुने अवस्था छ। पार्टी कामको योजनाअन्तर्गत पार्टी तथा नेतृत्वको सरकारले गरेका कामहरूको प्रभावकारी प्रचार र गलत तथा भ्रमपूर्ण कुराको प्रभावकारीरुपमा प्रतिवाद गर्ने गरी प्रचार कार्यलाई प्रभावकारी बनाउने विषयलाई महत्वका साथ समेट्नु पर्दछ ।