शिशिर खनालले भने: रविजीले क्लीन चिट पाउनुभयो, अब राजनीति छोड्नु पर्दैन - Chaitanya News
  • 2026-07-05
  • 04:40:34
  • शनिबार,आषाढ २०, २०८३
  • शिशिर खनालले भने: रविजीले क्लीन चिट पाउनुभयो, अब राजनीति छोड्नु पर्दैन

    शिशिर खनालले भने: रविजीले क्लीन चिट पाउनुभयो, अब राजनीति छोड्नु पर्दैन

    काठमाडौँ– सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितिले प्रतिवेदन पारित गरेपछि रास्वपाका तर्फबाट सदस्य बनेका शिशिर खनाल प्रफुल्लित देखिए। उनले पत्रकारहरूसँग प्रतिवेदनको निष्कर्षबारे खुलेर प्रतिक्रिया पनि दिएका छन्।

    लामिछानेले सहकारीको रकम हिनामिना नगरेको निष्कर्ष प्रतिवेदनले निकालेको खनालको भनाइ छ। सहकारीबाट जीवी राईले गोर्खा मिडियामा ल्याएको रकम खर्च गर्ने सवालमा मात्रै लामिछाने जिम्मेवार देखिएको उनले बताए।

    ‘एमडीको हैसियतमा रकम खर्च गर्दा यदि कुनै कानूनी दायित्व सिर्जना हुन्छ भने त्यो बहन गर्नुपर्छ भनेर लेखिएको छ। सहकारीको रकम अपचलनमा उहाँमाथि कुनै पनि कारबाही गर्न सिफारिस भएको छैन,’ खनालले भने।