संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले पायो पूर्णता - Chaitanya News
  • 2026-07-05
  • 04:39:42
  • शनिबार,आषाढ २०, २०८३
  • संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले पायो पूर्णता

    संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले पायो पूर्णता

    काठमाडौँ– सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले पूर्णता पाएको छ।

    तीन महिना अघि संसद‍्बाट गठन भएको समितिले तयार गरेको प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै आज हस्ताक्षर भएको हो।आज बसेको बैठकबाट हस्ताक्षर भएसँगै आजै प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेस हुनेछ।

    समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र (टीओआर) मा उल्लेख गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत गरेको थियो। समितिले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पनि बयान लिएको थियो।