काठमाडौँ– सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउने भएको छ। बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट ल्याउन लागिएको सरकारले जनाएको छ।
यसअघि एकीकृत समाजवादीका नेता दीर्घ सोडारी नेतृत्वको प्रदेश सरकारले असार १ गते चालू आर्थिक वर्ष २०८१–८२ को बजेट ल्याएको थियो। प्रदेश सभाबाट बजेट पारित नहुँदै सोडारी नेतृत्वको सरकार ढलेपछि बजेट प्रदेश सभामा अलपत्र परेको थियो।