काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसमा विभिन्न पदक पाउनेहरूको नाम सार्वजनिक गर्ने भएको छ। असोज २ गते आयोजना हुने राष्ट्रिय शिक्षा दिवसको अवसरमा विद्या भूषण पाउनेहरूको नाम कार्यक्रम पुस्तिकामा मात्रै प्रकाशित गरिने मन्त्रालयले जनाएको छ।
उनीहरूको पदक र प्रमाणपत्र वितरण कार्यक्रमको मिति भने पछि तय हुनेछ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै नेपाल विद्या भूषण ‘क’, ‘ख’ र ‘ग’, नेपाल प्रविधि विद्या भूषण, नेपाल छात्रा विद्यापदक ‘क’ र ‘ख’ एवं छात्रा पुरस्कारका लागि आवेदन माग गरेको थियो।
तर, अर्थ मन्त्रालयले पदकका लागि आवश्यक पर्ने बजेट उपलब्ध नगराएपछि यो वर्ष पनि पदक नदिई घोषणा मात्रै गर्न लागिएको हो। गत वर्ष समेत अर्थ मन्त्रालयबाट आवश्यक बजेटको व्यवस्थापन नहुँदा पदक मात्रै घोषणा गरिएको थियो।
![]()