काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने गरी साँझ ६ बजेका लागि बैठक बोलाएको हो।
आजको बैठकले मन्त्रालयले पठाएका प्रस्तावहरूमाथि छलफल तथा निर्णयसहित केही सहसचिवहरूको सरुवा हुन सक्ने बुझिएको छ। करिब तीन दर्जन जति सहसचिवहरूको सरुवाबारे छलफल भए पनि एकिन भने भई सकेको छैन।