काँग्रेस चितवनले बिपी जयन्तीमा १७१ जनालाई सम्मान गर्ने - Chaitanya News
  • 2026-07-05
  • 06:09:08
  • आइतबार,आषाढ २१, २०८३
  • काँग्रेस चितवनले बिपी जयन्तीमा १७१ जनालाई सम्मान गर्ने

    काँग्रेस चितवनले बिपी जयन्तीमा १७१ जनालाई सम्मान गर्ने

    चितवन– नेपाली काँग्रेस चितवनले १११ औँ बिपी जयन्तीका अवसरमा पार्टीमा योगदान पुर्‍याएका १७१ जनालाई तीन बिधामा विभाजन गरेर सोमबार सम्मान
    सम्मान गर्ने भएको छ।

    नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार नेपाली काँग्रेस चितवनका पूर्व सभापति एवं गण्डकी प्रदेशका पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरुङसहित छ जनालाई विशिष्ट सम्मान गर्न लागिएको हो। बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलसहित ४१ जनालाई मरणोपरान्त र जिल्लाका ९८ वटा वडाबाट सिफारिस भई आएका १२५ जनालाई सम्मान गर्न लागिएको खनालले जानकारी दिए।

    पार्टीका महामन्त्री गगनकुमार थापा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलको उपस्थितिमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सभाहलमा सम्मान कार्यक्रम गर्न लागिएको हो।

    यसअघि नेपाली काँग्रेस चितवनले गत वर्ष बिपी जयन्तीमा काँग्रेस नेता डा। शेखर कोइरालाको उपस्थितिमा ९० जना र अघिल्लो वर्ष बिपी जयन्तीका अवसरमा पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा १८३ जनालाई सम्मान गरेको थियो। खनालले भने, “पार्टीमा विशिष्ट योगदान पुर्‍याएकाहरुलाई सम्मान गरेर उहाँहरुमा ऊर्जा थप्ने काम गरेका छौँ।रासस