काठमाडौँ– गण्डकी सरकारमा नेकपा एमालेबाट ४ मन्त्री थपिएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेका ४ जनालाई मन्त्री नियुक्त गरेका हुन्।
मन्त्री बन्नेमा नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याल छन्।
जिसीले भूमि व्यवस्था,कृषि तथा सहकारी, पाठकले स्वास्थ्य, केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
साढे १ बजे शपथको तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
यसअघि भौतिक पूर्वाधारमन्त्री रहेका राजीव गुरुङ (दीपक मनाङे) लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। योसँगै गण्डकीमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।
आइतबार मात्र मुख्यमन्त्री पाण्डेले मन्त्रालयको संख्या ७ बाट बढाएर ९ पुर्याएका थिए।