स्लोभानियाको जंगलमा एक नेपाली चेलीको निधन - Chaitanya News
  • 2026-10-12
  • 13:57:25
  • सोमबार,आश्विन २६, २०८३
  • स्लोभानियाको जंगलमा एक नेपाली चेलीको निधन

    स्लोभानियाको जंगलमा एक नेपाली चेलीको निधन

    क्रोएसिया– स्लोभानियाको जंगलमा एक नेपाली चेलीको निधन भएको छ।

    क्रोएसियाबाट युरोपियन मुलुक पोर्चुगल छिर्ने क्रममा सिन्धुपाल्चोकस्थित इन्द्रावती–८ की सञ्जिता गोतामेको निधन भएको हो।

    गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्रोएसियाका अनुसार गोतमेको मंसिर ६ गते निधन भएको हो।

    उनि रोजगारीको सिलसिलामा क्रोएसिया आएको बुझिएको छ। उनको निधनपछि समितिले दुखद् घटना घटेको भन्दै सामाजिक सञ्जालमार्फत श्रद्धान्जली अर्पण गर्दै शवलाई नेपाल पठाउने तयारी थालेको छ।

    गोतामेको परिवारले शव नेपाल पठाइदिन आग्रह गरेपछि समितिले भियनास्थित राजदूतावासमार्फत आवश्यक तयारी थालेको छ।