काँग्रेस केन्द्रीय समिति बैठक जारी, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी - Chaitanya News
  • 2026-07-07
  • 21:57:32
  • मंगलबार,आषाढ २३, २०८३
  • काँग्रेस केन्द्रीय समिति बैठक जारी, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी

    काँग्रेस केन्द्रीय समिति बैठक जारी, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी

    काठमाडौँ– नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। सानेपामा जारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित गर्ने तयारी छ।

    महामन्त्री थापाले प्रस्ताव गरेको चुनावी गठबन्धन नगर्ने प्रस्तावमा उनको भाव कायम रहने गरी पारित गर्ने शीर्ष तहमा सहमति भएको छ। त्यस्तै महामन्त्री शर्माको ‘एक्जिट’ पोलिसी संविधानसँग पनि जोडिने विषय भएकाले संविधान संशोधनको बेलामा बहसमा ल्याउने गरी निर्णय गर्ने तयारी छ।

    शीर्ष तहमा टुंगिन बाँकी विषयमा सहमति खोज्न केन्द्रीय समिति बैठकअघि पार्टी कार्यालयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो।

    गत माघमा ललितपुरमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने जिम्मेवारी पार्टी केन्द्रीय समितिलाई दिइएको थियो।