लोकसेवा पास हुनु भनेको देशको सक्षम कर्णधार पुष्टि गर्नु हो : चक्रबहादुर बिष्ट - Chaitanya News
  • 2026-06-08
  • 22:21:10
  • सोमबार,जेठ २५, २०८३
  • लोकसेवा पास हुनु भनेको देशको सक्षम कर्णधार पुष्टि गर्नु हो : चक्रबहादुर बिष्ट

    लोकसेवा पास हुनु भनेको देशको सक्षम कर्णधार पुष्टि गर्नु हो : चक्रबहादुर बिष्ट

    प्रमुख प्रशासकीय अधिकृत आर्थिक अधिकार र आर्थिक नियम तथा प्रशासनिक कामकाज गर्ने–गराउने स्थानीय तहमा कर्मचारी प्रमुख हुन्। पालिकाभित्रको सेवालाई जनतासमक्ष पुर्‍याउने काम उनीहरूले गरिरहेका हुन्छन्। केही पालिकामा भौगलिक विकटता छ। सीमित स्रोतसाधनबीच कर्मचारी काम गर्न बाध्य छन्। कर्मचारी अभावले सेवा प्रवाहमा असहजता खेपिरहेका छन्। कर्मचारीले खेप्नु परेको समस्या र जनताको अपेक्षा विषयमा केन्द्रित रहेर चैतन्य खबरले विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग संवाद गर्दै आएको छ। सोही श्रृंखला अन्तर्गत आज चैतन्य खबरका लागि निर्मला कडायतले अछामको कमल बजार नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर बिष्टसँग संवाद गरेकी छन्।

    तपाईं हाल कार्यरत पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको कति भयो?

    मैले कमल बजार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवजारी २०८१ जेठ १५ देखि सम्हाल्दै आएको छु।

    यो अवधिमा यहाँका जनप्रतिनिधि र माहोल कस्तो पाउनु भयो?

    मैले जनप्रतिनिधिको राम्रो साथ पाइरहेको छु। सबै सकारात्क हुँनुहुन्छ। विकासमा प्रतिबद्ध हुँनुहुन्छ। सबैले मिलेर काम गरिरहेका छौं। जनभावनालाई केन्द्र भागमा राखेर हामीले सेवा प्रवाह गरिरहेका छौं।

    पालिकामा कर्मचारीप्रति जनताको कस्तो अपेक्षा पाउनु भएको छ?

    जनताको अपेक्षा सेवा गुणस्तरीय र समयमै पाउनुपर्छ भन्ने छ। कुनै सेवा लिन धेरै समय कुर्न नपरोस्, झन्झट रहित होस् भन्ने नै जनचाहना छ। हामीले जनताको मर्मलाई बुझेर सोही अनुरुप नै सेवा प्रवाह गरिरहेका छौं।

    तपाईंले पालिकामा प्रशासकीय कार्यशक्तिको कुसल व्यवस्थापन कसरी गरिरहनु भएको छ?

    म स्वास्थ्य शाखा प्रमुखको रुपमा कार्यरत छु। अहिले आर्थिक तथा प्रशासनिक जिम्मेवारी पनि पाएको छु। मेरो टिमका सबै कर्मचारी इमान्दार हुँनुहुन्छ। मैले कार्यशैलीको कुसल व्यवस्थापन राम्रोसँग गरिरहेको छु।

    कर्मचारीको प्रयाप्तता, सहजता, असहजता के छ?

    नेपालमा सरकारले कायम गरेको दरबन्दी अनुसार त कर्मचारहिरु छैनन्। तथापि स्थानीय सरकारले विभिन्न शाखालगायत प्रशासनीक क्षेत्रमा काम गर्नका लागि आफ्नो स्रोतबाट पनि करार सेवामा कर्मचारी राखेको हुँदा जनतालाई पैदान गर्ने सेवालाई सहज तुल्याएका छौं।

    के भइदिएमा अझै गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ लाग्छ?

    गुणस्तरीय स्वास्थ्य सेवा र अन्य सेवा जनता समक्ष लैजान हामीले जनतालाई आवश्यक पर्ने र फाइदा हुँने खालका जानकारी मूलक सन्देश प्रवाह गरिरहेका छौं। उहाँहरूबाट प्राप्त सुझाव अनुसार नै सेवा प्रवाह गरिरहेका छौं।

    अहिले लोकसेवाको आकर्षण बढ्दो छ, तयारी गरिरहेका परीक्षार्थीलाई के भन्न चाहानु हुन्छ?

    युवा, बालबालिका भविष्यका कर्णधार हुन भन्ने मान्यता छ। यसलाई पुष्टि गर्न सबैभन्दा उत्तम विकल्प लोकसेवा हो। यदि तपाईंहरू लोकसेवा तयारी गरिरहनु भएको छ भने नआत्तिएर, अन्त मन नडुलाइर, मेहेनतका साथतयारी गर्नुहोला। साच्चिकै युवा, बालबालिका भविष्यका कर्णधार हुन भन्ने यसैबाट प्रमाणित हुन्छ।

    तपाईंलाई कसरी तयारी गर्दा लोकसेवामा सफलता प्राप्त हुन्छ जस्तो लाग्छ?

    तयारी गर्ने सबैको आ–आफ्नो तरिका हुन्छ। विभिन्न ठाउँ अनुसार हुन्छ। स्रोत साधन, राजनीतिक प्रतिबद्धता हुन्छन्। सरकारी प्रतिबद्धता हुन्छन्। सबैलाई बुझेर तयारी गर्दा राम्रो हुन्छ। त्यसका अलवा विषयगत नोट बनाउने, कलास लिने, नबुझेको कुरा साथीसँग सोध्ने कुरामा ध्यान दियो भने पक्कै पनि लोकसेवामा सफलता प्राप्त हुन्छ।