काठमाडौँ– मन्त्रिपरिषद्ले १७ देशका लागि सिफारिस गरेका राजदूतहरूको संसदीय सुनुवाइ आजदेखि सुरु भएको छ। प्रस्तावित १७ राजदूतको सुनुवाइ ८ दिनमा सम्पन्न गर्ने समितिले जनाएको छ।
संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतमध्ये पहिलो दिन आज ४ जनालाई बोलाएको छ। समितिको बैठक सिंहदरबारमा जारी छ। बैठकको सुरुमा चीनका लागि प्रस्तावित नेपाली राजदूत कृष्णप्रसाद ओलीले समिति समक्ष आफ्नो कार्य योजना प्रस्तुत गरिरहेका छन्।
पहिलो दिन सुनुवाइका लागि चीन, भारत, जर्मनी र डेनमार्कका लागि राजदूतमा प्रस्तावितहरूलाई बोलाइएको छ। समितिमा चार व्यक्ति लक्षित र ५ सैद्धान्तिक गरी ९ उजुरी परेका छन्। मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमिल्सिना, इजरायलका लागि धनप्रसाद पण्डित, भारतका लागि शंकरप्रसाद शर्मा र दक्षिण अफ्रिकाका लागि प्रस्तावित प्रा। डा। कपिलमान श्रेष्ठविरुद्ध उजुरी परेको छ।