निजामती कर्मचारीको नियुक्ती, काज, सरुवा, बढुवा, बिदा, विभागीय सजाय र अवकाश
निजामती सेवा परिचय
- सामान्य अर्थमा सैनिक र प्रहरी सेवा बाहेकको, राज्यको नीति कार्यन्वयन गर्ने र मुलुकको स्थायी संयन्त्रलाई निजामती सेवा भनिन्छ ।
- सरकारी राजस्वबाट तलब पाउने, विशिष्ट ज्ञान र सीप भएका, स्थायी प्रकृतिका कर्मचारीहरुको पेशागत समूह हो निजामती सेवा ।
- निजामती सेवा निजामती कर्मचारीहरुको सेवा तथा समूह हो ।
- यसलाई स्थायी सरकारको रुपमा लिईन्छ ।
- राज्य संचालनको आधारभूत संयन्त्रको रुपमा निजामती सेवालाई लिईन्छ ।
- निजामती सेवा योग्यतामूलक प्रणालीसँग सम्बन्धित हुन्छ ।
- नेपालको संविधानको धारा २४३ अनुसार “निजामती सेवाको पद भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालका कर्मचारीको सेवाको पद तथा निजामती सेवाको पद होईन भनी ऐन बमोजिम तोकिएको अन्य सेवाको पद बाहेक नेपाल सरकारका अरु सबै सेवाको पद सम्झनु पर्दछ” भन्ने उल्लेख गरिएको छ ।
- नेपालको संविधानको धारा २८५ मा नेपाल सरकारले देशको प्रशासन संचालन गर्न संघीय निजामती सेवा र आवश्यकता अनुसार अन्य सरकारी सेवाहरुको गठन गर्न सक्ने कुराको उल्लेख गरिएको छ ।
- नेपालको संघीय तहमा निजामती सेवा अन्तर्गत १० वटा सेवा, ५२ वटा समूह र ४१ वटा उपसमूह रहेका छन् ।
- संसारमा आधुनिक निजामती सेवाको शुरुवात सन् १८५४ मा बेलायतबाट भएको हो ।
- नेपालमा वि.सं २००७ मा प्रजातन्त्रको प्रादुर्भाव सँगै निजामती सेवाको गठन तथा संचालनको अभ्यास गरिएको हो ।
- वि.सं २०१३ साल भाद्र २२ गते जारी भएको पहिलो निजामती सेवा ऐनसँगै नेपालमा निजामती सेवाले कानूनी बैधानिकता प्राप्त गरेको हो ।
निजामती सेवाको विशेषता
- पदसोपानमा आधारित
- गैरसैनिक चरित्र
- बृत्ति विकासका अवसरहरु कानूनद्वारा निश्चित
- योग्यता प्रणालीमा आधारित
- जनमैत्री र जनउत्तरदायी
- अन्य सबै सरकारी सेवाहरुको मियो वा मार्गदर्शक सेवा
- निजामती कर्मचारीहरुको सेवा वा समूह
- समय सापेक्ष र गतिशील
- बहुआयामिक
- सरकार र जनताबीचको सम्बन्धसेतु
निजामती सेवाको वर्गिकरण
- सञ्चालनको आधारमा
- दर्जामूलक निजामती सेवा
- कार्यमूलक निजामती सेवा
- संरचनाका आधारमा
- श्रेणीगत निजामती सेवा
- तहगत निजामती सेवा
- सरकारको तहको आधारमा
- संघीय निजामती सेवा
- प्रदेश निजामती सेवा
- स्थानीय निजामती सेवा
प्रभावकारी निजामती सेवामा हुनुपर्ने गुणहरु
- निष्पक्षता
- तटस्थता
- जवाफदेयी
- अनुशासित
- सहभागितामुलक
- प्रतिबद्ध
- व्यवसायिकता
- निरन्तरता
नेपालमा निजामती सेवाका सबल पक्षहरु
- सेवा संचालनका लागि आवश्यक नीतिगत तथा कानूनी व्यवस्था
- योग्य र दक्ष जनशक्ती रहेका
- वृत्ति विकासका अवसरहरु रहेको
- दण्ड र पुरस्कारको व्यवस्था
- योग्यतामूलक प्रणालीबाट नियुक्ती गरिने
- प्रविधिमैत्री जनशक्ति भित्र्याउने अभ्यास गरिएको
- निजी क्षेत्रको नवीन शैलीलाई आत्मसात गरिँदै गईएको
नेपालमा निजामती सेवाको दुर्बल पक्षहरु
- नीतिगत अस्थिरता
- कार्यगत अस्पष्टता
- भद्दा र खर्चिलो
- कर्मचारीको तलब तथा सुबिधा समयसापेक्ष नहुनु
- राजनीतिक हस्तक्षेप
- गोप्यतामा रमाउने संस्कृति
- कर्मचारीका वृत्ति विकासका अवसरहरु बैज्ञानिक हुन नसक्नु
- अनुगमन र मूल्यांङ्कन कमजोर रहनु
- कर्मचारीको आचारणको पालना नहुनु आदि।
निजामती सेवाको गठन
- निजामती सेवाको गठनलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा
- नेपाल ईन्जिनियरिङ्ग सेवा
- नेपाल कृषि सेवा
- नेपाल न्याय सेवा
- नेपाल परराष्ट्र सेवा
- नेपाल प्रशासन सेवा
- नेपाल लेखा परीक्षण सेवा
- नेपाल वन सेवा
- नेपाल विविध सेवा
- नेपाल शिक्षा सेवा
( सुत्र : आई कृन्या, पप्र लेव विशि)
पदपूर्ति गर्ने तरिका तथा प्रकृयाहरु
पदपूर्ति परिचय
- सामान्यतया रिक्त रहेको पदमा नयाँ नियुक्ती, सरुवा वा बढुवाद्वारा कर्मचारीको प्रबन्ध गर्ने कार्यलाई पदपूर्ति भनिन्छ । पदपूर्ति निजामती सेवाको नियमित र निरन्तर चल्ने प्रक्रिया हो । पदपूर्तिलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- आन्तरिक पदपूर्ति
- सेवा भित्रकै कर्मचारीबाट रिक्त पद परिपूर्ति गर्ने कार्यलाई आन्तरिक पदपूर्ति भनिन्छ । आन्तरिक पदपूर्ति सरुवा तथा बढुवाबाट गरिन्छ ।
आन्तरिक पदपूर्तिका सबल पक्षहरु
- सेवा भित्रकै कर्मचारीले अवसर पाउने
- अनुभवी कर्मचारी प्राप्त हुने
- पदपूर्ति प्रक्रिया सरल, छिटो, छरितो र कम खर्चिलो हुने
- तालिमको आवश्यकता नरहने
- सेवाभित्रका दक्ष र अनुभवी कर्मचारीहरु संगठनमा रहने
दुर्बल पक्षहरु
- नयाँ र क्षमतामान जनशक्तिले अवसर नपाउने
- प्रविधिमैत्री कर्मचारीको अभाव रहने
- सेवामा नयाँ संस्कार र संस्कृति प्रवेश गराउन नसकिने
- सक्षम र योग्य जनशक्ति पलायन हुन सक्ने
- कर्मचारीको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने
- योग्यता प्रणालीमा प्रतिकूल असर पुग्ने
- बांह्य पदपूर्ति
- निजामती सेवामा रिक्त रहेका पदहरुमा तोकिएको योग्यता पुगेका जनशक्तिहरुबीच आपसी प्रतिस्पर्धा गराई नयाँ जनशक्ति आपूर्ति गर्ने कार्यलाई बाह्य पदपूर्ति भनिन्छ । बाह्य पदपूर्ति खुला प्रतियोगितात्मक परीक्षाद्वारा गरिन्छ ।
बाह्य पदपूर्तिका सबल पक्षहरु
- नवीनतम ज्ञान, सीप र क्षमता भएका कर्मचारीको प्राप्ति हुने
- योग्यता प्रणालीको संरक्षण हुने
- सेवा प्रवेशमा सबैले समान अवसर प्राप्त गर्ने
- मेधावी जनशक्तिलाई बिदेश पलायन हुनबाट रोक्न सकिने
- प्रविधिमैत्री जनशक्ति प्राप्त हुने
- अध्ययनशील कर्मचारीको प्राप्ति हुने
बाह्य पदपूर्तिका दुर्बल पक्षहरु
- खर्चिलो हुने
- पुराना कर्मचारीको बृत्ति विकासमा बाधा पुग्ने
- अनुभवी कर्मचारीको प्राप्ति नहुने
- तालिमको लागि समय र रकमको खर्च हुने
- कर्मचारी छनोटमा बढी समय लाग्ने
नेपालमा निजामती कर्मचारीको पदपूर्तिको तरिका
| पद |
खुला प्रतियोगिताद्वारा |
बढुवाद्वारा |
| कार्याक्षमताको मूल्याङ्कनद्वारा |
आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा |
जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा |
| १. |
राजपत्र अनङ्कित पाँचौ श्रेणी |
१००% |
– |
– |
– |
| २. |
राजपत्र अनङ्कित चतुर्थ श्रेणी |
– |
– |
– |
– |
| ३. |
राजपत्र अनङ्कित तृतीय श्रेणी |
– |
– |
– |
– |
| ४. |
राजपत्र अनङ्कित द्वितीय श्रेणी |
७०% |
– |
२०% |
१०% |
| ५. |
राजपत्र अनङ्कित प्रथम श्रेणी |
४०% |
२०% |
– |
४०% |
| ६. |
राजपत्राङ्कित तृतीय श्रेणी |
७०% |
– |
– |
३०% |
| ७. |
राजपत्राङ्कित द्वितीइ श्रेणी |
१०% |
३५% |
२०% |
३५% |
| ८. |
राजपत्राङ्कित प्रथम श्रेणी |
१०% |
३५% |
२०% |
३५% |
निजामती सेवाका पदमा उम्मेदवार हुन नसक्ने अवस्था
- राजपत्र अनङ्कित र श्रेणीविहिन पदमा १८ बर्ष उमेर पूरा नभएका
- राजपत्राङ्कित पदमा २१ बर्ष उमेर पूरा नभएका
- पुरुष उम्मेदवारको हकमा ३५ बर्ष र महिला उम्मेदवारको हकमा ४० बर्ष उमेर पूरा भईसकेका
- भूतपूर्व सैनिक वा प्रहरी नियुक्ति हुने भनी तोकिएको निजामती सेवाको पदमा ४० बर्ष नाघेका
- राजपत्राङ्कित द्वितीय र प्रथम श्रेणीको खुल्ला प्रतियोगितामा ४५ बर्ष नाघेका
- भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बरखास्त गरिएका
- गैर नेपाली नागरिक
- नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिका
खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमा विभिन्न बर्ग र क्षेत्रका लागि छुट्याएको हिस्सा
| महिला |
३३% |
| आदिवासी/जनजाती |
२७% |
| मधेसी |
२२% |
| दलित |
९ % |
| अपाङ्ग |
५% |
| पिछडिएको क्षेत्र |
४% |
निजामती सेवाका पदपूर्तिका चरणहरु
- पदपूर्तिका बार्षिक तालिका प्रकाशित गर्ने
- रिक्त पदहरु पहिचान गर्ने
- रिक्त पद पूर्तिका लागि माग गर्ने
- पद पूर्तिका लागि आवश्यक प्रतिशत निर्धारण गर्ने
- पद पूर्तिका लागि विज्ञापन प्रकाशन गर्ने
- दरखास्त संकलन गर्ने
- दरखास्त जाँच एवं स्वीकृत गर्ने
- परीक्षा सञ्चालन गर्ने
- उपयुक्त उम्मेदवारको छनोट गर्ने र नतिजा प्रकाशन गर्ने
- नियुक्तिका लागि सिफारिश गर्ने
- नियुक्ती गर्ने
- पदस्थापना गर्न
- आवश्यकता अनुसार सरुवा तथा बढुवा गर्ने
- अवकाश व्यवस्थापन गर्ने
- पुन: पदपूर्ति प्रक्रिया अवलम्बन गर्ने
निजामती सेवामा विशेष पद सृजना
- कुनै स्थायी कर्मचारी विशेष कारणले आफ्नो पदमा केही समयसम्म कार्य गर्न असमर्थ भएको अवस्थामा कामलाई सुचारु गर्न सिर्जना गरिएको पदलाई विशेष पद भनिन्छ । विशेष पद सिर्जना गर्ने सम्बन्धमा निजामती सेवा नियमावली, २०५० मा व्यवस्था गरिएको छ । देहायका अवस्थामा विशेष पद सिर्जना गर्न सकिने व्यवस्था रहेको छ ।
- कुनै निजामती कर्मचारी सरुवा भएको कार्यालयमा पुग्न काबू बाहिरको परिस्थितिले गर्दा ढिला भएमा
- कुनै निजामती कर्मचारीलाई काजमा खटाउँदा साविक कार्यालयको कामकाज गर्न नभ्याईने भएमा
- कुनै निजामती कर्मचारी तालिम, छात्राबृत्ति आदिमा खटिएमा
- कुनै कर्मचारी १ महिना भन्दा बढी बिदा लिई बसेमा
- पद रिक्त नहुँदै लोकसेवा आयोगबाट कर्मचारी सिफारिश भई आएमा
निजामती सेवाको पदपूर्तिका विशेषताहरु
- समावेशीकरणलाई आत्मसात गरिएको
- आन्तरिक पदपूर्ति र बाह्य पदपूर्तिलाई अवलम्बन गरिएको
- पदपूर्तिका सबन्धमा स्पष्ट कानूनी तथा नीतिगत व्यवस्था गरिएको
- पदपूर्तिको जिम्मा स्वतन्त्र संवैधानिक निकाय लोकसेवा आयोगलाई दिईएको
- योग्यता प्रणालीलाई प्रभावकारी बनाईएको
- आरक्षणलाई आत्मसात गरिएको
नेपालमा पदपूर्ति सम्बन्धमा देखिएका समस्याहरु
- बैज्ञानिक तवरले पदको सिर्जना हुन नसकेको
- दरबन्दीको सृजना व्यवस्थित रुपमा गर्न नसकिएको
- रिक्त पदको जानकारी यथासमयमै हुन नसकेको
- ऐन नियमको पूर्ण पालना हुन नसकेको
- बढुवा एवं सरुवा प्रणाली पारदर्शि र निष्पक्ष हुन नसकेको
- पदपूर्तिको सूचना सर्वसुलभ हुन नसकेको
- परीक्षा प्रणालीलाई समयानुकूल र वस्तुनिष्ठ बनाउन नसकिएको
कर्मचारीको नियुक्ती परिचय
- संगठनको रिक्त दरबन्दीमा विभिन्न परीक्षाको माध्यमबाट छनौट भएका जनशक्तिलाई नियुक्ती पत्र दिने कार्यलाई नियुक्ती भनिन्छ ।
- छनौट एवं सिफारिस पछि पदस्थापना पूर्वको कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यलाई नियुक्ती भनिन्छ ।
- नेपालमा निजामती कर्मचारीको नियुक्ती गर्दा पुरुष कर्मचारीको हकमा १ बर्ष र महिला कर्मचारीको हकमा ६ महिना परीक्षण कालमा राख्ने व्यवस्था रहेको छ ।
- परीक्षण कालमा कर्मचारीको काम सन्तोषजनक नभएमा नियुक्ती बदर गर्न सकिन्छ । यदि नियुक्त बदर नभएमा स्वत:सदर भएको मानिन्छ।
- संगठनमा जनशक्ति भर्ना गर्ने कार्यलाई नियुक्ती भनिन्छ ।
- कर्मचारी नियुक्तीलाई स्थायी नियुक्ती, अस्थायी नियुक्ती, करार नियुक्ती, ज्यालादारी नियुक्ती आदिमा विभाजन गर्न सकिन्छ ।
कर्मचारी नियुत्ती गर्दा अवलम्बन गर्नुपर्ने सिद्धान्त
- योग्यता प्रणालीको सिद्धान्त
- कानूनको सिद्धान्त
- समावेशीकरणको सिद्धान्त
- सामाजिक न्यायको सिद्धान्त
- आवश्यकताको सिद्धान्त
- निष्पक्षताको सिद्धान्त
- वृत्ति विकासको सिद्धान्त
- प्रतिस्पर्धाको सिद्धान्त
- प्राथमिकताको सिद्धान्त
- समान अवसरको सिद्धान्त
निजामती कर्मचारीलाई नियुक्ती गर्ने प्रक्रिया
निजामती कर्मचारीको नियुक्ती प्रक्रियालाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ।
- लोक सेवा आयोगको सिफारिशमा नियुक्त हुने पदमा लोक सेवा आयोगबाट खुल्ला प्रतियोगिताद्वारा सिफारिश भएका उम्मेदवारलाई सिफारिश पत्र दाखिला भएको मितिले राजपत्राङ्कित पदको हकमा २ महिनाभित्र र राजपत्र अनङ्कित पदको हकमा १५ दिनभित्र अख्तियारवालाले नियुक्ती गर्नु पर्ने
- नियुक्तिको सूचना छिटो साधनद्वारा सम्बन्धित उम्मेदवारलाई दिनुपर्ने
- सम्बन्धित उम्मेदवारले नियुक्तीको सूचना नपाएमा वा सूचना फिर्ता आएमा सार्वजनिक पत्र पत्रिकामा १ महिनाको म्याद दिई सम्बन्धित उम्मेदवारलाई नियुक्ति पत्र बुझ्न आउन सूचना प्रकाशित गरिने
- सो म्यादभित्र पनि नियुक्ति पत्र बुझ्न नआएमा उपर्युक्त सिफारिशमा परेका वैकल्पिक उम्मेदवारलाई योग्यता क्रमअनुसार नियुक्ती गर्न सकिने
- त्यसरी नियुक्ती गरिएको सूचना नियुक्ती गरेको मितिले १५ दिनभित्र लोक सेवा आयोगमा पठाउनु पर्ने
सरुवा परिचय
- कर्मचारीलाई एक कार्यालयबाट अर्को कार्यालयमा स्थानान्तरण गर्ने कार्यलाई सरुवा भनिन्छ ।
- निश्चित समायावधिमा कर्मचारीलाई एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा गर्ने गरिन्छ ।
- यसमा कर्मचारीको पदाधिकार समेत स्थानन्तरण हुन्छ ।
- काजमा भने पदाधिकार स्थानान्तरण हुँदैन ।
- संगठनको जनशक्ति आपूर्ति गर्ने एक तरिका हो सरुवा ।
निजामती कर्मचारीलाई अवधि नपुग्दै सरुवा गर्न सकिने अवस्था
निजामती कर्मचारीलाई निजको सरुवा पत्रमा तोकिएको अवधि नपुग्दै सामान्य प्रशासन मन्त्रालयको स्वीकृतिमा सरुवा गर्न सक्ने अवस्थाहरु देहायबमोजिमका रहेका छन् ।
- कुनै स्थानमा कार्यरत निजामती कर्मचारी अशक्त अई सो स्थानमा निजको उपचार हुन नसक्ने देखिएको कुरा नेपाल सरकारद्वारा तोकिएको मेडिकल बोर्डले सिफारिश गरेमा
- कुनै निजामती कर्मचारीलाई विभागीय कारबाही गर्नुपरेमा
- कुनै निजामती कर्मचारीलाई विशेष जिम्मेवारी दिनु परेमा
- कुनै निजामती कर्मचारीलाई निज कार्यरत कार्यालयमा राखिराख्न उपयुक्त नभएमा
- निजामती सेवाको कुनै दरबन्दी कटौती भई सो दरबन्दीमा कार्यरत कर्मचारी फाजिलमा परेको र निजलाई सोही जिल्लास्थित अन्य कार्यालयमा समेत समायोजन गर्ने सक्ने अवस्था नरहेमा
- राजपत्र अनङ्कित निजामती कर्मचारीहरुलाई घर पायक सरुवा गर्नु परेमा
निजामती कर्मचारीको सरुवा गर्ने कार्यबिधि
निजामती कर्मचारीलाई एक ठाँउबाट अर्को ठाँउमा सरुवा गर्दा कर्मचारी कार्यरत कार्यालय र भौगोलिक क्षेत्र, कार्यरत अवधि, सरुवा प्रस्ताव गरिएको कार्यालय र भौगोलिक क्षेत्र, सरुवा अवधि तथा सरुवा गर्नु पर्ने कारण समेत सरुवा गर्ने निर्णयमा खुलाउनुपर्ने
- निजामती कर्मचारीलाई सरुवा गर्ने निर्णय भएपछि सरुवा हुने कर्मचारीलाई यस्तो निर्णय भएको ३ दिनभित्र निजामती सेवा नियमावलीमा भएको ढाँचा अनुसारको सरुवापत्र जारी गरि सक्नु पर्ने
- सरुवा पत्र प्राप्त भएपछि सम्बन्धित कार्यालयले २१ दिनको म्यादभित्र निर्धारित ढाँचामा रमानापत्र दिनुपर्ने
- सरुवा भएको कुनै निजामती कर्मचारीलाई २१ दिनको म्यादभित्र रमाना नदिई निज सरुवा भई सकेको कार्यालयबाट तलब भत्ता भुक्तानी दिएमा रमाना दिनु पर्ने म्याद भन्दा बढी अबधिको त्यस्ता निजामती कर्मचारीले खाएको तलब भत्ता समेत त्यसरी रमाना नदिई तलब भत्ता खुवाउने कार्यालय प्रमुख र लेखा प्रमुखबाट असूल उपर गरिने
बढुवा परिचय
- कर्मचारीको पदोन्नतिलाई नै सामान्य अर्थमा बढुवा भनिन्छ ।
- बढुवा बृत्ति विकासको आधार हो ।
- कर्मचारीको कार्य जिम्मेवारी र भूमिकाको बढोत्तरीलाई बढुवाको रुपमा बुझिन्छ ।
- यसले कर्मचारीलाई थप जिम्मेवारी, व्यवस्थापन तथा नेतृत्व अवसर प्रदान गर्दछ ।
- यो आन्तरिक रुपमै रिक्त पदको पदपूर्तिको प्रकृया हो ।
- यसले कर्मचारीलाई उत्प्रेरणा प्रदान गर्ने कार्य गर्दछ ।
- यसबाट कर्मचारीको सेवा, सुविधा र सम्मानमा समेत बृद्धि हुन्छ ।
- नेपालमा निजामती कर्मचारीको बढुवाको लागि बढुवा हुने पदको श्रेणीभन्दा एक श्रेणी मुनिको पदका लागि तोकिएबमोजिमको शैक्षिक योग्यता र राजपत्र अनंकित पदमा न्यूनतम् ३ बर्ष र राजपत्राङ्कित पदमा न्यूनतम् ५ बर्ष सेवा अवधि पुगेको हुनुपर्दछ ।
बढुवाको आधार
- आन्तरिक प्रतियोगिता
- कार्यक्षमताको मूल्याङ्कन
- जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन
- ब्याच बढुवा
बढुवाको उद्देश्य
- संगठनको रिक्त स्थान पूर्ति गर्ने
- संगठनमा अनुभवी जनशक्ति भित्र्याउने
- कर्मचारीमा उत्प्रेरणा प्रदान गर्ने
- कर्मचारीलाई कामप्रति समर्पित गराउने
- संगठनको सेवा प्रवाहलाई प्रभावकारी बनाउने
- संगठन प्रति कर्मचारीको अपनत्वभाव सृजना गर्ने
- कर्मचारीको वृत्ति विकासलाई सुनिश्चित गर्ने
- दक्ष कर्मचारीलाई संगठनमै टिकाई राख्ने आदि ।
नेपालको निजामती सेवामा बढुवाका लागि निर्धारण गरिएको प्रतिशत
- राजपत्र अनङ्कित द्वितीय श्रेणी : आन्तरिक प्रतियोगितात्क परीक्षाद्वारा २०% र जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा १०%
- राजपत्र अनङ्कित प्रथम श्रेणी : कार्यक्षमताको मूल्याङ्कनद्वारा २०% र जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा ४०%
- राजपत्राङ्कित तृतीय श्रेणी : जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा ३०%
- राजपत्राङ्कित द्वितीय र प्रथम श्रेणी : कार्यक्षमताको मूल्याङ्कनद्वारा ३५%, आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा २०% र जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा ३५%
निजामती कर्मचारीको कार्यक्षमता मूल्याङ्कन गर्दा प्रदान गरिने अंक
- कार्यसम्पादन मूल्याङ्कन बापत -४० अङ्क
- ज्येष्ठता बापत – ३० अङ्क
- शैक्षिक योग्यता बापत- १२ अङ्क
- भौगोलिक क्षेत्रमा काम गरेबापत -१६ अङ्क
- तालिम बापत – २ अङ्क
न्याय सेवाको राजपत्रांङ्कित पदमा र राजपत्र अनंकित पदबाट राजपत्राङ्कित पदमा बढुवा हुने बाहेक निजामती सेवाको अन्य राजपत्राङ्कित पदमा बढुवाको लागि सिफारिस गर्ने रहने समिति
- लोकसेवा आयोगको अध्यक्ष वा निजले तोकेको लोकसेवा आयोगको सदस्य – अक्ष्यक्ष
- लोकसेवा आयोगको अध्यक्षले तोकेको लोकसेवा आयोगको सदस्य – सदस्य
- मुल्य सचिव – सदस्य
- लोकसेवा आयोगद्वारा मनोनित सम्बन्धित विषयका विशेषज्ञ – सदस्य
राजपत्र अनंकित प्रथम श्रेणीको पदबाट राजपत्रांकित तृतीय श्रेणीको पदमा बढुवा हुने बढुवाको लागि सिफारिस गर्न व्यवस्था गरिएको बढुवा समिति
- लोकसेवा आयोगको अध्यक्षले तोकेको लोकसेवा आयोगको सदस्य – अध्यक्ष
- लोकसेवा आयोगको सचिव- सदस्य
- सामान्य प्रशासन मन्त्रालयको सचिव- सदस्य
- लोक सेवा आयोगको अध्यक्षबाट मनोनित सम्बन्धित विषयको विशेषज्ञ – सदस्य
- सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयको सचिव वा निजले तोकेको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत – सदस्य सचिव
बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन नपाउने अवस्था
- निलम्बन भएकोमा निलम्बन अवधिभर
- बढुवा रोक्का भएकोमा रोक्का अवधिभर
- तलब बृद्धि रोक्का भएकोमा रोक्का भएको अवधिभर
- सेवा वा समूह परिवर्तन गरेको कर्मचारी भए त्यसरी सेवा वा समूह परिवर्तन भएको मितिले ३ बर्ष र आफैले निवेदन दिई सेवा वा समूह परिवर्तन गरेको भए त्यसरी सेवा वा समूह परिवर्तन गरेको मितिले ५ बर्षको अवधिभर
बिदा
- विदा भन्नाले कर्मचारी कार्यालयमा उपस्थित हुनु नपर्ने अवस्था वा छुट्टी हो ।
- विदा कर्मचारीलाई उपलब्ध हुने एक सुबिधा वा सहुलियत हो ।
- विदा कर्मचारी उत्प्रेरणाको माध्यम हो ।
- विदा कर्मचारी व्यवस्थापनको एक महत्वपूर्ण पक्ष हो ।
निजामती पाउने बिदाका प्रकारहरु
- भैपरी आउने र पर्व विदा
- घर बिदा
- बिरामी बिदा
- प्रसूति बिदा
- प्रसूति स्याहार बिदा
- किरिया बिदा
- असाधारण बिदा
- बेतलबी बिदा
- सट्टा बिदा
भैपरि बिदा र पर्व बिदा
- भैपरि विदा ६ दिन र पर्व विदा ६ दिन पाईने
- आधा दिन पनि लिन सकिने
- सञ्चित गर्न नसकिने
- मौखिक अनुरोधको आधारमा पनि बिदा पाईने
- बिदामा बस्दा पूरा तलब पाईने
घर बिदा
- काम गरेको अवधिको १२ दिनको १ दिनको दरले १ बर्षमा जम्मा ३० दिन पाईने
- सेवा अवधिभर जम्मा १८० दिन सम्म संचित गर्न सकिने
- पूरा तलब पाईने
- ७ दिन भन्दा बढी घर बर्षको १ पटक बाटोको म्याद समेत पाईने
बिरामी बिदा
- प्रत्येक बर्ष १२ दिन पाईने
- बिदामा बस्दा पूरा तलब पाईने
- यो बिदा जतिपनि सञ्चित गरेर राख्न सकिने
- बर्षको १२ दिन पेश्कि बिरामी बिदा लिन सकिने, सोले नपुगेमा चिकित्सकको सल्लाहले थप ४५ दिन पेश्की बिदा लिन सकिने र पुन: अपूग भएमा मेडिकल बोर्डको सिफारिशमा असाधारण बिदाबाट कट्टा हुने गरी थप १ बर्षको बिदा लिन सकिने
- जम्मा भएको बिरामी बिदाको रकम अवकाश भएका बखत खाईपाई आएको तलबको दरले एकमुष्ट प्राप्त हुने
प्रसुति बिदा
- निजामती कर्मचारी प्रसूति भएमा निजले प्रसुति बिदा पाउने
- सुत्केरीको अघि वा पछि गरी जम्मा ९८ दिन सम्म यो बिदा पाउने
- प्रसुति बिदा लिएको कर्मचारीले चाहेमा अन्य कुनै बिदाबाट कट्टा नहुने गरी थप ६ महिना बेतलबी प्रसूति बिदा लिन सक्ने
- बेतलबी प्रसूति बिदामा बसेको अवधि सेवा अवधिमा गणना गरिने
प्रसुति स्याहार बिदा
- कुनै पुरुष निजामती कर्मचारीको श्रीमती सुत्केरी भएमा निजले १५ दिन प्रसूति स्याहार बिदा पाउने
- यो बिदामा निजामती कर्मचारीले पूरा तलब पाउने
- प्रसूति स्याहार बिदा निजामती कर्मचारीले सेवा अवधिमा २ पटक पाउने
- यो बिदामा बस्ने कर्मचारीले बिदा लिएको मितिले ३ महिनाभित्र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि कार्यालयमा पेश गर्नुपर्ने तर नगरेमा यसरी लिएको बिदा अन्य बिदाबाट कट्टा गरिने ।
किरिया बिदा
- कूल धर्म अनुसार आफै किरिया बस्नु परेमा वा त्यस्तो कर्मचारीको बाबु, आमा, बाजे, बज्यै, छोरा, छोरी, सासु, ससुराको मृत्यु भएमा १५ दिन किरिया बिदा लिन पाइन्छ ।
- किरिया विदामा बसेको वखत निजामती कर्मचारीले पुरा तलव पाउँछ ।
- बिदा पछिको १५ दिनभित्र मृत्यु भएको व्यक्तिको मृत्यु दर्ता तथा मृतकसँगको नाता प्रमाणित पनि पेश गर्नपर्ने अन्यथा निजको अन्य बिदाबाट सो बिदा कट्टा गरिने छ ।
- महिला कर्मचारीको पतिको किरिया बस्नु परेमा निजलाई पनि त्यतिनै दिन किरिया बिदा दिइनेछ ।
अध्ययन बिदा
- निजामती सेवालाई उपयोगी र आवश्यक पर्ने विषयमा नेपाल सरकारलाई प्राप्त छात्रवृत्तिमा सम्बन्धित मन्त्रालयको स्वीकृति लिई खुला प्रतियोगिता वा अन्तर विभागीय प्रतियोगिताबाट छानिई वा नेपाललसरकारबाट मनोनयन भएमा अध्ययन बिदा दिन सकिने
- सेवा अवधिमा एकै पटक वा पटक पटक गरी ३ वर्ष सम्म अध्ययन बिदा पाइने
- नेपाल सरकारले आवश्यक ठानेको अवस्थामा २ वर्ष थप गरी बढीमा ५ वर्ष सम्म अध्ययन विदा पाइने
- अध्ययन बिदा लिनको लागि सेवा अवधि कम्तीमा ३ वर्ष पुगेको हुनुपर्ने ।
असाधारण बिदा
- एक पटकमा १ वर्षमा नबढाई सेवा अवधि भरिमा जम्मा ३ वर्ष असाधारण बिदा दिन सकिने
- असाधारण बिदामा वसेको निजामती कर्मचारीले सो अवधिभरिको तलव नपाउने,
- ५ बर्ष सेवा अवधि नपुगी कुनै पनि निजामती कर्मचारीले असाधारण बिदा बस्न नपाउने
- असाधारण बिदाको अवधि सेवा अवधिमा गणना नहुने ।
बेतलवी बिदा
- निजामती कर्मचारीले आफनो पति वा पत्नी विदेश स्थित नेपाली दूतावास वा कुनै नियोगमा खटिएको अवस्थामा प्रमाण सहित निवेदन दिएमा बेतलवी बिदा दिन सकिने,
- बेतलबी बिदा एकै पटक वा पटक पटक गरी बढीमा ५ वर्ष सम्म लिन सकिने
- यो बिदा नेपाल सरकारबाट स्वीकृत हुनु पर्ने
सट्टा बिदा
- बिमानस्थल, वारुणयन्त्र, हुलाक, संग्रहालयजस्ता सार्वजनिक विदाको दिनमा पनि काम गर्नुपर्ने कार्यलयहरुका निजामती कर्मचारीहरुले सार्वजनिक बिदाको दिन काम गरे बापत सट्टा बिदा पाउने
- यो बिदा १ बर्षमा पालो मिलाई बस्नुपर्ने
विभागीय सजाय परिचय
- निजामती कर्मचारीले आफ्नो पेशागत आचरण उल्लङ्घन गरेमा निजलाई प्रचलित कानूनबमोजिम गरिने दण्ड एवं कारबाहीलाई सामान्य अर्थमा विभागीय सजाय भनिन्छ ।
- विभागीय सजाय गर्दा सम्बन्धित कर्मचारीलाई सफाई पेश गर्ने मौका दिनुपर्दछ।
- कानूनले तोकेको अधिकारीले तोकिएको अवस्थामा तोकिएको कार्यबिधि पूरा गरेर मात्र सम्बन्धित कर्मचारी उपर बिभागीय सजाय गर्न सक्दछ ।
- विभागीय कारबाही उपर चित्त नबुझे सम्बन्धित कर्मचारीले पुनरावेदन दिन सक्ने व्यवस्था गरिएको हुन्छ ।
निजामती कर्मचारीलाई विभागीय सजाय हुने व्यवस्था
सामान्य सजाय
- नसिहत दिने
- २ बर्षसम्म बढुवा रोक्का गर्ने वा बढीमा २ तलब बृद्धि रोक्का गर्ने
- २ बर्षदेखि ५ बर्षसम्म बढुवा रोक्का गर्ने वा २ देखि ५ तलब बृद्धि रोक्का गर्ने
विशेष सजाय
- भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने
- भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरि सेवाबाट बर्खास्त गर्ने
बढीमा २ तलब बृद्धि वा २ बर्षसम्म बढुवा रोक्का हुन सक्ने अवस्था
- निजामती कर्मचारीले सम्पादन गरेको काम सन्तोषजनक नभएमा
- प्रचलित कानुन बमोजिम बरबुझारथ नगरेमा
- १ वर्षमा २ पटकसम्म लिखित चेतावनी पाएमा
- निजामती सेवा ऐन वा प्रचलित कानूनले तोकेको पदीय दायित्व जिम्मेवारीपूर्वक पूरा नगरमा
- सेवाग्राहीको पीरमर्कमा र उजुरी पटक पटक बेवास्ता गरेको सम्बन्धमा आफूभन्दा माथिल्लो अधिकारीले दिएको निर्देशन पालना नगरेमा
- कार्य विवरण लागू गर्ने गराउने दायित्व भएको पदाधिकारीले सो कार्य नगरेमा।
निजामती कर्मचारीलाई २ वर्षदेखि ५ वर्षसम्म बढ़ुवा रोक्का गर्ने वा २ देखि ५ तलब वृद्धिसम्म रोक्का गर्न सकिने व्यवस्था
- अनुशासनहीन काम गरेमा
- निजामती सेवा ऐन र सो ऐन अन्तर्गत बनेका नियमहरुमा उल्लिखित आचरण सम्बन्धी कुराहरु उल्लंघन गरेमा
- प्रचलित कानून बमोजिम पेश्की पछ्यौट नगरेमा
- व्यवस्थापन परीक्षणबाट देखिएका अनियमितता सम्बन्धमा दिएको निर्देशन पालना नगरेमा
- पूर्व स्वीकृति नलिई बराबर कार्यालयमा अनुपस्थित रहेमा
- तोकिए बमोजिमको अवस्थामा बाहेक अन्यत्र कुनै प्रकारको नोकरी गर्ने वा आर्थिक लाभ वा कनै सुविधा प्राप्त गर्ने गरी परामर्शदाता, सल्लाहकार, विशेषज्ञ वा कुनै हैसियतले सेवा प्रदान गर्ने कार्य गरेमा।
निजामती कर्मचारीलाई के कस्तो अवस्थामा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था
- निजामती कर्मचारीले अयोग्यताको कारणले आफ्नो पदको काम वा जिम्मेवारी पूरा गर्न नसकेमा
- आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेमा
- कार्यालयको समयमा बराबर मादक पदार्थ सेवन गरेमा
- बराबर अनुशासनहीन काम गरेमा
- राजनीतिमा भाग लिएमा
- आफ्नो पदको जिम्मेवारीको बराबर वेवास्ता गरेमा
- बिदा स्वीकृत नगराई लगातार ९० दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा
- मनासिब कारण भई बिदा स्वीकृत गराएकोमा बाहेक बैदेशिक अध्ययन, तालिम वा अध्ययन भ्रमणमा गएको निजामती कर्मचारी त्यस्तो अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेको मितिले ३० दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर नभएमा
- तोकिए बमोजिमको अवस्थामा बाहेक अन्यत्र कुनै प्रकारको नोकरी गर्ने वा आर्थिक लाभ वा कुनै सुविधा प्राप्त गर्ने गरी परामर्शदाता, सल्लाहकार, विशेषज्ञ वा कुनै हैसियतले सेवा प्रदान गर्ने कार्य गरेमा
निजामती कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्न सकिने अवस्था
- नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएमा
- भ्रष्टाचार गरेमा
- स्थायी आवासीय अनुमति लिएमा वा सोको लागि निवेदन दिएमा
- निजामती सेवामा नियुक्त हुने वा बहाल रहने उद्देश्यले नागरिकता, उमेर वा योग्यता ढाँटेको प्रमाणित भएमा
अवकाश परिचय
- सामान्य अर्थमा आफ्नो पेशाबाट अलग्गिने कार्यलाई अवकाश भनिन्छ ।
- कुनै पनि कर्मचारी आफ्नो पेशाबाट अलग्गिएको वा निजलाई पेशाबाट हटाईएको वा बर्खास्त गरिएको अवस्था हो अवकाश ।
- अवकाश संगठनको नियमित कार्य हो ।
- यो नयाँ जनशक्तिको भर्तिको आधार हो ।
- अवकाशलाई स्थायी अवकाश, अस्थायी अवकाश, स्वेच्छिक अवकाश, अनिबार्य अवकाश, सकारात्मक अवकाश र नकारात्मक अवकाश आदिमा विभाजन गर्न सकिन्छ ।
अवकाशका आधारहरु
- सेवा अवधि समाप्ति
- पदावधि समाप्ति
- उमेर हद
- अयोग्यता तथा असक्षमता
- अस्वस्थता एवं अशक्तता
- राजिनामा
- कार्य सम्झौता अवधि समाप्ति
- अनुशासनहिनता
- संगठनको खारेजी
- समायोजन प्रकृया
- मृत्यु आदि ।
आचरण परिचय
- निजामती कर्मचारीको पालना गर्नुपर्ने बानी व्यहोरा वा चरित्रलाई सामान्य अर्थमा आचरण भनिन्छ ।
- कर्मचारी तोकिएको नियममा रहनु, अनुशासनमा आवद्ध रहनु र कर्तव्यको पालना गर्नु नै आचरण हो ।
- यसले सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित र मर्यादित बनाउने कार्य गर्दछ ।
- आचरणले सेवाप्रदायक र सेवाग्राहीबीच सुसम्बन्ध स्थापना गर्न सहयोग पुर्याउँदछ ।
निजामती कर्मचारीहरुले अवलम्बन गर्नुपर्ने आचरणहरु
- समय पालन र नियमितता
- अनुशासन र आज्ञापालन
- राजनैतिक वा अवाञ्छनीय प्रभाव पार्न नहुने
- राजनीतिमा भाग लिन नहुने
- सरकारको आलोचना गर्न नहुने
- सरकारी कामकाजसम्बन्धी समाचार प्रकाश गर्न नहुने
- दान, उपहार, चन्दा आदि प्राप्त गर्न र सापटी लिन प्रतिबन्ध
- कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय गर्न नहुने
- अन्यत्र नोकरी वा सेवा गर्न नहुने
- स्थायी आवासीय अनुमति लिन नहुने
- प्रदर्शन र हडताल गर्न नहुने
- हडताल, थुनछेक तथा घेराउ गर्न नहुने
- तोकिए बमोजिम बाहेक अन्य व्यक्ति वा समूहको प्रतिनिधित्व गर्न नहुने
- निजामती कर्मचारीको ट्रेड युनियनको हकमा सोही बमोजिमको आचरणको पालना गर्नुपर्ने
- सम्पत्ति विवरण पेश गर्नुपर्ने
- यातना दिन नहुने
- सेवाग्राही प्रति मर्यादित व्यवहार गर्नुपर्ने
- आफ्नो पद वा सेवा अनुसारको पदीय आचरण पालना गर्नुपर्ने
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamul, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 1,006