लोकसेवा तयारी गरौं, देश सेवा र जीवको वृति विकास यहीबाट हुन्छ : खकेन्द्र ब सोडारी - Chaitanya News
  • 2026-06-08
  • 22:21:15
  • सोमबार,जेठ २५, २०८३
  • लोकसेवा तयारी गरौं, देश सेवा र जीवको वृति विकास यहीबाट हुन्छ : खकेन्द्र ब सोडारी

    लोकसेवा तयारी गरौं, देश सेवा र जीवको वृति विकास यहीबाट हुन्छ : खकेन्द्र ब सोडारी

    नेपाल संघीयताको सफल अभ्यासमा छ। ७५३ स्थानीय तह स्थानीय सरकार जनताको घरदैलोमै सेवा दिइरहेका छन्। संविधानले जारी गरेको राज्य सञ्चालनको बाँडफाँडको आधारमा एउटा स्थानीय तह आफैँमा एउटा सरकार हो। पालिकाभित्र भइरहेको कामलाई जनतासमक्ष पुर्‍याउने काम स्थानीय सरकारले गरिरहेका हुन्छन्। तर, केही पालिकाले भौगोलिक विकटताका कारण समस्या खेपिरहेका छन्, केही पालिकामा कर्मचारी अभाव छ। केही पालिकामा कर्मचारी र जनप्रतिनिधिबीचकै मनमुटावका कुरा बेलाबखत बाहिरिने गर्छन्। यहीबीच अछामको मगलसेन नगरपालिकाले कसरी काम गरिरहेको छ? आज चैतन्य खबरका लागि निर्मला कडायतले अछामको मगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बाहादुर सोडारीसँग संवाद गरेकि छन्

    तपाईंले हाल कार्यरत पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको कति भयो?

    मैले मंगलसेन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको २०८० असोज १६ सम्हालेको हुँ।

    यो अवधिमा यहाँका जनप्रतिनिधिको व्यवहार र यहाको माहोल कस्तो पाउनु भयो?

    म विगतमा पनि यहीँ पालिकामा कार्यरत थिएँ। पछि यही पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाए। पहिले पनि काम गरेकाले जनप्रतिनिधि र यहाँका सेवाग्राहीसँग पुरानै सम्बन्ध छ। जनप्रतिनिधिहरूको राम्रो साथ र सहयोग हामी कर्मचारीहरूले पाइरहेका छौं।

    पालिकामा कर्मचारीप्रति जनताको कस्तो अपेक्षा पाउनु भएका छ?

    जनताको अपेक्षा त थुप्रै हुन्छन्। जुन स्वभाविक पनि हो। विकास योजनादेखि पालिकाले प्रवाह गर्ने सेवामा सहजता उहाँहरूको अपेक्षा हो। जनतालाई सहज रुपमा सेवा प्रवाहमा हामी पनि सक्रिय छौं। उहाँले सेवा लिन आउँदा कुनै झन्झट बेहोर्न नपरोस् भन्ने हाम्रो चाहना हो। त्यसका लागि हामीले भरपूर प्रविधिको प्रयोग गरेर जनमैत्री पालिका बनाउन खोजिरहेका छौं।

    तपाईंले पालिकामा प्रशासकीय कार्यशैलिको कुसल व्यवस्थापन कसरी गरिरहनु भएको छ?

    विभिन्न शाखा छन्। विभिन्न तहका अधिकृत स्तरमा जिम्मेवारी बाँडफाँड गरेका छौं। शाखामार्फत हुने सेवा प्रवाहलाई चुस्त पार्न त्यहाँका समस्या पहिचान गरेर समाधान हुनेगरि काम गरिरहेका छौं।

    कर्मचारीको प्रायाप्तता, सहजता, असहजता के छ?

    कर्मचारीको त समस्या नै छ। सुदूर पश्चिम लोकसेवा आयोगले भर्ना प्रक्रिया अहिलेसम्म थालनी नगरेको हुँदा आधाभन्दा बढी जनशक्तिको अभाव छ। यसले कार्यव्यवस्थापनमा हामीले सास्ति खेप्दै आएका छौं। जनशक्ति अभाव भए पनि यहीबाट व्यवस्थापन गरेर जनतालाई सेवा दिइरहेका छौं। कर्मचारीको पर्याप्त उपलब्धता भइदिएमा हामीलाई काम गर्न थप सहज हुन्थ्यो।

    के भइदिएमा अझै गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ लाग्छ?

    जनशक्ति प्रयाप्त छैन्। भएको जनशक्ति तालिम प्राप्त छैन। अहिले त जनशक्तिले स्थानीय सरकारका अधिकार कार्यान्वयन गर्न सिकिसकेको छ। यही जनशक्तिलाई पनि तालिम दिन सकेमा राम्रो हुनेथियो। कर्मचारी अभावले संस्थागत र क्षमतागत दुवै विकास हामीले गर्न सकेका छैनौं। पर्याप्त कर्मचारी भइदिएमा स्थानीय तहबाट हुने सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन सकिन्थ्यो।

    अहिले लोकसेवाको आकर्षण बढ्दो छ, तयारि गरिरहेका परिक्षार्थीलाई के भन्न चाहानुहुन्छ?

    स्थानीय तहले आफ्नै पहलमा कर्मचारी राख्नु पर्ने आवश्यक छ। त्यसैले युवाहरूले लोकसेवाको तयारी गरेर विभिन्न तहमा नाम निकाल्न सक्ने अवस्था छ। अन्त मन नडुलाएर लोकसेवाको तयारी गर्न म युवालाई अनुराध गर्दछु। कुनै पावर बिना आफ्नो क्षमताले नाम निकाल्न सकिने भएकाले पनि लोकसेवाको तयारी गर्नु उपयुक्त हुन्छ। यसले राष्ट्र सेवा र वृत्ति विकास दुवैमा टेवा पुर्‍याउँछ।

    कसरी तयारी गर्दा लोकसेवामा सफलता प्राप्त हुन्छ जस्तो लाग्छ यहाँलाई?

    तयारी गर्दा अन्त कतै मन नडुलाउने, लोकसेवाका कलास लिने, स्कुल, कलेजमा पढेजस्तो हुँदैन लोकसेवामा चाहीँ सिरीयस भएर पढ्नुपर्छ। हरेक विषयबस्तुलाई पढ्न सकेउ, बुझ्न सकेउ र त्यसलाई प्रस्तुत गर्न सकेउ भने अवश्य लोकसेवामा सफलता प्राप्ता हुन्छ।