चितवन — प्रदेश सभा तर्फ चितवन–१(२) बाट नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनाल विजयी भएका छन्।
सत्तारूढ गठबन्धनका उम्मेदवार रहेका खनालले १५ हजार ५०७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी रहेका एमालेका प्रमाश खनाल शैलेसले १४ हजार ७६८ मत ल्याएको चितवन(१ का निर्वाचन अधिकृत रेशमराज सिग्देलले जानकारी दिए।
चितवन–१ को प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी भइसकेका छन्। त्यसैगरी चितवन(१९१० मा एमालेका जगन्नाथ थपलिया निर्वाचित भइसकेका छन्।