काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधान सेनापतिको जिम्मेवारी अशोकराज सिग्देललाई दिएका छन्। आज (बुधबार) राष्ट्रपति पौडेलले सिग्देललाई प्रधान सेनापति पदको जिम्मेवारी सुम्पिएका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देललाई प्रधान सेनापति पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
![]()