संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा देशभरका स्थानीय तहहरुले कति अंक पाए? (विवरण सहित) - Chaitanya News
  • 2026-07-07
  • 21:56:09
  • मंगलबार,आषाढ २३, २०८३
  • संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा देशभरका स्थानीय तहहरुले कति अंक पाए? (विवरण सहित)

    संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा देशभरका स्थानीय तहहरुले कति अंक पाए? (विवरण सहित)

    काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन ९लिजा० सार्वजनिक गरेको छ। धेरै स्थानीय तहहरुले लिजामा मध्यम खालको अंक प्राप्त गरेका छन्। देशभरका स्थानीय तहहरुको लिजाको अंकभार १०० तोकिएको छ।

    १०० अंकभारमा मधेश प्रदेशका स्थानीय तहहरुको अंक कमजोर आएको देखिन्छ भने गण्डकी र लुम्बिनी प्रदेशका स्थानीय तहहरुको अंक राम्रो देखिएको छ। स्थानीय तहहरुले निश्चित मापदण्डको आधारमा गरेको स्वमूल्यांकनलाई मन्त्रालयले अन्तिम गुणस्तर परीक्षण गरेपछि नतिजा सार्वजनिक गरेको हो। मन्त्रालयले बिहीबारमात्र लिजामा सर्वोत्कृष्ट भएका ३ वटा नगरपालिका र ३ वटा गाउँपालिकालाई सम्मान गरिसकेको छ।

    स्थानीय तहहरुको कार्यप्रकृया र उपलव्धिको लेखाजोखा गरी शासकीय र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गर्न स्वामूल्यांकन गरिँदै आएको छ। लिजाले स्थानीय तहको आवधिक समीक्षाको आधार प्राप्त हुने र स्थानीय सरकारबीच यी प्रकृयामा प्रतिस्पर्धा गराउने काम गर्छ।

    ४ वटा स्थानीय तहबाहेक देशभरका पालिकाहरुले लिजा प्रतिवेदन सार्वजनिक गरेपछि मन्त्रालयले उनीहरुको अंक दिने प्रकृयाको गुणस्तर परीक्षण गरेर नतिजा सार्वजनिक गरेको हो।

    जम्मा ७४९ पालिकाको नतिजा सार्वजनिक हुँदा कोशीका ६ वटा, मधेशका ५० वटा, बागमतीका ६ वटा लुम्बिनी र गण्डकीका २.२ वटा, कर्णालीका ५ वटा र सूदुरपश्चिमका १३ वटा स्थानीय तहले ५० अंक कटाउन सकेका छैनन् ।