२२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न प्रधानमन्त्री ओलीलाई ‘प्रचण्ड’को चुनौती - Chaitanya News
  • 2026-06-24
  • 17:03:12
  • बुधबार,आषाढ १०, २०८३
  • २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न प्रधानमन्त्री ओलीलाई ‘प्रचण्ड’को चुनौती

    २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न प्रधानमन्त्री ओलीलाई ‘प्रचण्ड’को चुनौती

    काठमाडौँ– प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न चुनौती दिएका छन्। आज (मंगलबार) प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो चुनौति दिएका हुन्।

    आफ्नो चाहे जस्तो निर्णय गर्न नसकेपछि प्रधानमन्त्री फेसबुकमा प्रकट भएको भन्दै उनले भने, ‘प्रधानमन्त्रीको नियत सही छ भने फेसबुकमा होइन, अबको क्याबिनेटमा आओस् र पास होस् बाइस अर्बको प्रस्ताव। प्रमुख प्रतिपक्षी दलको यही रोस्टमबाटै समर्थन छ।

    उनले अगाडि भने, ‘यदि अबको क्याबिनेटमा २२ अर्बको प्रस्ताव आएन भने देशले अझ राम्ररी बुझ्नेछ, प्रधानमन्त्रीको नियत।