काठमाडौंको न्युरोडबाट प्रहरी हवल्दारको बर्दी लगाएर १० तोला सुन लुटपाट, १ थान पेस्तोलसहित ४ जना पक्राउ - Chaitanya News
  • 2026-04-27
  • 02:03:19
  • आइतबार,बैशाख १३, २०८३
  • काठमाडौंको न्युरोडबाट प्रहरी हवल्दारको बर्दी लगाएर १० तोला सुन लुटपाट, १ थान पेस्तोलसहित ४ जना पक्राउ

    काठमाडौंको न्युरोडबाट प्रहरी हवल्दारको बर्दी लगाएर १० तोला सुन लुटपाट, १ थान पेस्तोलसहित ४ जना पक्राउ

    काठमाडौं– काठमाडौंको न्युरोडबाट प्रहरी हवल्दारको बर्दी लगाएर १० तोला सुन लुटपाट भएको छ।

    लुटमा संलग्न आरोपमा प्रहरीले सुमन राईसहित ४ जनालाई पक्राउ गरेको छ। आरोपीहरुको साथबाट १ थान पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ।

    प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अघि न्युरोडमा रहेको सुन बनाउने कारखाना पुलिसको युनिफर्म लगाएर पेस्तोल भिरेर गएका लुटेराहरूले १० तोला सुन लुटेर भागेका थिए।

    जिल्ला प्रहरी परिसर काठमाडौंले त्यसबारे जानकारी गराउन बिहिबार दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ।

    प्रहरीले लुट्न प्रयोग गरिएको पेस्तोल बरामद गरेको छ।