झापा क्षेत्र नं. ४ बाट नेकपा एमालेका एलपी साँवा लिम्बु विजयी - Chaitanya News
  • 2026-04-27
  • 02:02:03
  • आइतबार,बैशाख १३, २०८३
  • झापा क्षेत्र नं. ४ बाट नेकपा एमालेका एलपी साँवा लिम्बु विजयी

    झापा क्षेत्र नं. ४ बाट नेकपा एमालेका एलपी साँवा लिम्बु विजयी

    झापा– झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बु विजयी भएका छन्।

    उनले २९ हजार ३१५ मत ल्याउँदै निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेलाई हराए। थेबे नेपाली कांग्रेस झापा जिल्ला कमिटीका अध्यक्षसमेत हुन्।

    साँवा २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालले १४ हजार ४९ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवारी दिएकी खुश्बु ओलीले ५ हजार १० मत ल्याएकी छन्।

    ढकाल पूर्वप्रहरी हुन् भने खुश्बु पूर्वमिस टिन नेपाल हुन्। उनी सामाजिक कार्यमा सक्रिय छिन्।

    झापा ४ मा ७८ हजार ४८३ मत खसेकोमा ४ हजार ६४७ मत बदर भएको थियो।