लोकसेवा तयारीमा रहनु भएका महानुभावहरुका लागि निकै उपयोगी सामग्री (विषयगत प्रश्नाेत्तर-सह/उपसचिव विशेष) - Chaitanya News
  • 2026-05-23
  • 10:30:27
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा तयारीमा रहनु भएका महानुभावहरुका लागि निकै उपयोगी सामग्री (विषयगत प्रश्नाेत्तर-सह/उपसचिव विशेष)

    लोकसेवा तयारीमा रहनु भएका महानुभावहरुका लागि निकै उपयोगी सामग्री (विषयगत प्रश्नाेत्तर-सह/उपसचिव विशेष)

    1. सार्वजनिक उत्तरदायित्व (Public Accountability) लोकतन्त्रको आधारशीला हो। सार्वजनिक पद र राज्यकोषको प्रयोग गर्ने पदाधिकारीहरूले आफुले गरेको/ गर्न चुकेको कामको सम्बन्त्धमा जनतालाई र सरोकारवालाई जवाफ दिने र कामको जिम्मेवारी लिने प्रणालीले वास्तविक लोकतन्त्र संस्थागत गर्न सहयोग पुग्दछ ।उत्तरदायित्वको अर्को प्रमखु उदेश्य  सुशासन कायम  पनि हो। सावर्जनिक उत्तरदायीत्वमा  राजनीतिक पक्ष र प्रशासनिक पक्षको उत्तिकै जिम्मेवारी  रहन्त्छ। नेपालमा नीति निर्माण नीतिको कार्यान्वनमा  तथा दैनिक शासन  सञ्चालितमा समेत बहृत्तर जनकल्याण सामाजिक न्याय र जवाफदेहिताको  पक्ष कमजोर रहेकोले भ्रष्टाचारको बढोत्तरी, सावर्जनिक निर्माणमा न्युन  गुणस्तर, बैदेशिक  सम्झौता र सहमतिहरूमा नेपालको तल्लो र हेपिएको असमान व्यवस्था  समेत रहने गरेको छ यस सन्दर्भमा नेपालको सार्वजिनक प्रशासनमा  सार्जवनिक उत्तरदायीत्व  प्रणालीको के कस्तो व्यवस्था गरिएको छ . सार्वजनिक उत्तरदायित्व प्रणालीमा कायम गर्ने सम्बन्धमा प्रशासनिक नेतृत्वले राजनीतिक नेतृत्व सँग कस्तो सम्बन्धको अपेक्षा गरेको हुन्छ । संघियताको सन्दर्भमा सार्वजनिक उत्तरदायीत्व प्रणालीका आयामबारे चर्चा गर्दै तहगत सरकारमा सार्वजनिक उत्तरदायीत्व कायम गर्न के कस्तो समन्वय र सहकार्य आवश्यक हुन्छ ? ढाँचा प्रस्तुत गर्नहोस् । २५

    उत्तर ढाँचा

    १. पृष्ठभूमि :

    मुल मुध्दा वा विषयको उठान : कमजोर सार्वजनिक उत्तरदायित्वका कारण खस्किदो सुशासन

    यसलाई पुष्टि गर्ने तथ्यगत आधार र प्रवृत्ति : कमजोर सुशासन सुचकांक , भ्रष्टचार अनूभतिका सुचकांक कमजोर वित्तीय अनुशासन ठुला काण्डमा माथिल्ला जिम्मेवारी पदाधिकारीहरुको संग्लग्नता र संरक्षण

    ग्याप : संघीयता शासनमा उत्तरदायित्वको संस्थागत पधतिको स्थापना गर्नुपर्ने प्रमुख आवश्यकता

    २. प्रश्नको संवोधन :

    नेपालको सार्वजनिक प्रशासनमा सार्वजनिक उत्तरदायित्व प्रणालीको व्यवस्था :

    • नेपालको सार्वजनिक प्रशासनलाई उत्तरदायी जनमूखी एवं भ्रष्टचारशुन्य बनाउने दिशामा संवैधानिक नीतिगत कानूनी र कार्यवीधिगत प्रावधानहरु तथा संगठन र व्यत्तिगत तहमा व्यवस्थाहरु गरिएको छ ।
    • संविधानले भ्रष्टचारमुत्त जवाफदेही सहभागीतामूलक पारदर्शी निष्पक्ष स्वच्छ सार्वजनिक सेवाको मार्गदर्शन गरेको छ ।
    • निजामती सेवा एन तथा नियमावलीहरु सूचनाको हक सम्बन्धी एन तथा नियमावली सुशासन सञ्चालन तथा व्यवस्थापन एन भ्रष्टचार निवारण एन लगायतका दर्जनौ कानूनहरुले शासकीय उत्तरदायीत्वको प्रवन्ध गरेका छन ।
    • संस्थागत रुपमा समेत आन्तरिक नियन्त्रण प्रणाली बाह्य नियन्त्रण प्रणालीका लागि ‍ओभरसाइट एजेन्सीहरुको प्रबन्ध छ ।
    • कार्यगत रुपमा समेत क्षतिपुर्ति सहितको नागरिक बडापत्र मुस्कानसहितको सेवा प्रविधिमैत्री सेवा नागरिक मैत्री सेवा नागरिकमैत्री सेवाको अवधारणा कार्यान्वयनमा लगिएको छ ।
    • नतीजा मूखी प्रशासन,जनमुखी नीति निर्माण, योजना निर्माणमा सहभागितामुलक प्रणाली

    प्रशासनिक नेतृत्वले राजनीतिक नेतृत्वसंग  गरेको सम्बन्धको अपेक्षा

    जवाफदेहिता सम्बन्धी स्पष्ट कानून र मापदण्डको निर्माण, प्रशासनिक व्यावसायिकताको सम्मान, प्रशासनका मुल्यहरुको तय, राजनैतिक लोकतान्त्रीकरण, तटस्थ विज्ञता र मेरिटको सम्मान र सुस्थापनामा सहयोग,उत्प्रेरणा र मनोबलको सम्बर्धन, उत्तरदाहरणीय नैतिक र रुपान्तरणकारी राजनैतिक नेतुत्व,परिपक्व अभिभावक रुपमा मार्गदर्शन,प्रशासनका राजनैतिक नेतृत्व, परिपक्व अभिभावका रुपमा मार्गदर्शन,प्रशासनका मुल्यहरुको अनुपुरण,राजनीती र प्रशासनको कार्यक्षेत्र र भूमिकाको स्पष्ट किटान,

    संघीयताको सन्दर्भमा सार्वजनिक उत्तरदायित्व प्रणालीका आयामहरु

    राजनीतिक प्रशासनिक कानूनी र संवैधानीक वित्तीय विकास र येजना समन्वय तथा साझेदारी नतीजा सुशासन नैतिक आध्यात्मिक वातावरण उत्तरदायित्व

    • प्रशासनिक जवाफदेहिता ‘सुपरिवेक्षक प्रति
    • राजनैतिक जवाफदेहिता ‘ जनप्रतिनिधि र विधायिका प्रति
    • वित्तिय जवाफदेहिता ‘ आर्थिक एन नियम पालना र लेखापरीक्षण
    • नागरिक जवाफदेहिता आम जनता प्रति
    • पेशागत जवाफदेहिता ‘ पेशागत मूल्य मान्यताको सम्मान
    • कार्यत्रम जवाफदेहिता लक्ष्य वा उदेश्य प्राप्ति प्रतिको
    • कार्यविधिगत जवाफदेहिता
    • नतीजा वा कार्यसम्पादन जवाफदेहिता
    • आत्मिक जवाफदेहिता : Conscience

    तहगत सरकारमा सार्वजनिक उत्तरदायीत्व कायम गर्ने समन्वय र सहकार्यको ढाँचा

    तीनै तहका सरकारहरु बीचके समन्वय सहकार्य र विवाद समाधानका सुझावहरु दिने उत्तरको मूल आशय : संविधान र प्रचलित कानूनहरुको अक्षरश पालना गरी तीनै तहका क्षेत्राधिकार स्पष्ट गर्ने , समेसम्म सन्निकटताको सिद्धान्तको अक्षरश पालना गर्ने, एकआपसमा सहकार्य र समन्वय गरी विकास र सुशासनका लक्ष्यहरु हासिल गर्ने

    राजनैतिक उत्तरदायित्वको ढाँचा : संविधान र कानूनहरु बमेजिम समन्वय सहकार्य र सहअस्थत्वको सिद्धान्तको पुंर्ण परिपालना, विवाद समाधान र अन्तरसम्बन्धका संस्थागत संयन्त्रहरुको विवेकपुर्ण कियाशिलता

    वित्तिय उत्तरदायित्व: निजामति सेवा कानून र प्रदेश  तथा स्थानीय तहका कर्मचारीहरुका सेवा मापदण्ड संघले शीघ्र जारी गर्नुपर्ने । तीनै तहहरुका सेवाका मानक स्तर तय गर्ने ।

    वित्तीय उत्तरदायीत्व: प्रचलित सार्वजनिक खरीद तथा आर्थिक कानूनहरुको पुर्ण परिपालना

    अन्तराष्ट्रिय प्रतिवध्ताहरुप्रतिको उत्तरदायित्व: दीगो विकास जलवायु परिवर्तन लगायतका विश्वव्यापी विकास एजेण्डा कार्यान्वयन र रिपोर्टिङ लागि प्रदेश र स्थानीय तहसँग समन्वय सहकार्य गरी सघं मुख्य जिम्मेवार रहने

    विकास उत्तरदायित्व: योजना र बजेटबीचको समन्वय सहकार्य र तादाम्यता कायम गर्ने र विकास खर्चलाई नतिजामूलक प्रभावकारी र आर्थिक समृद्धिमा केन्द्रित गर्ने

    निष्कर्ष : समय भएमा मात्र संक्षिप्तमा आफ्नो संश्लेषण र आगामी नीतिगत गन्तब्य

     

    2. राज्य व्यवस्थाको सञ्चालन , नागरिक सेवाको गुणस्तरीय र विकास कार्यको व्यवस्थापनमा पारदर्शीता, जवाफदेहिता कायम गर्न सार्वजनिक कोषको उपयोग गर्ने पदाधिकारीहरुमा सदाचार र नैतिकताको महत्वपुर्ण भूमिका रहन्छ । सार्वजनिक पदमा निहित अधिकार र शत्तिको प्रयोग गर्दा स्वार्थको द्धन्द्धमा रहेर काम गुर्नुपर्ने सवालमा व्यत्तिगत हीतभन्दा बृहत्तर नागरिक हीतलाइ ध्यानमा राख्नुपर्ने जिम्मेवारी सार्जनिक सेवाका कर्मचारीहरुको रहेको हुन्छ । यस्ताप्रकारका व्यवसायिक मुल्य मान्यतानबाट नै व्यवसायिकता (Professionalism) को विकास हुने र निव्यैत्तिकताका आधारमा निष्पक्ष र पारदर्शी ढंगले सेवा प्रवाह गर्न सकिने हुन्छ । तर जब निष्पक्ष रहनुपेर्ने कर्मचारीतन्त्र मोलाहीजा, राजनीतिक स्वार्थ, र फाईदाको चंगुलमा पर्दछ । सुशासनको पक्ष कमजेर बन्न जान्छ । नेपालको अवस्था करीब यस्तै बिग्रेको शासन (Stinking Government) रहेको कुरा केही उच्च प्रशासकहरुले भन्ने गरेका र प्रशासन सुधार आयोगका पछिल्ला प्रतिवेदनहरुले समेत ‌ओपचारीक रुपमा औल्याउदा पनि प्रशासन सुधारमा उल्लेखय प्रगति हुन सकेको देखिदैन । यस सन्दर्भमा नेपालमा प्रशासन सुधारमा मूल्य मान्यता र संस्कृति परिवर्तनको पक्षमा ध्यान नपुगेको विषयहरु बारे संक्षिप्त चर्चा गर्नहेस् । निजामति सेवामा मूल्य मान्यता सहितको संस्कृतिको विकास गर्न गर्नुपर्ने कार्यहरु के के हुन सक्छन ? कसरी निजामति सेवामा मूल्य प्रणाली संस्थागत गर्न सकिन्छ । अन्य कुनै राष्ट्रको सन्दर्भ सहितको चर्चा गर्नुहोस् । २५

    १ पृष्ठभूमि:

    मूल मूध्दा वा विषयको उठान: नेपालको निजामती सेवाका सांस्कृतिक विचलनले खस्किंदो सुशासन

    यसलाई पुष्टि गर्ने तथ्यगत प्रवृत्ति M Stinking Government का संकेतहरु , Bureau pathologies , सर्वत्र देखिएको सांस्कृतिक विचलन र कार्यसम्पादनको अराजकताका प्रवृत्तिहरु, शासनमा मूल्यविहिनता र कमजोर नागरिक विश्वास

    गर्नुपर्ने कामको ग्याप सार्वजनिक प्रशासनको सांस्कृतिक रुपान्तरण

     

    २ प्रश्नहरुको संवोधन:

    प्रशासन सुधारमामुल्य मान्यता र संस्कृति परिवर्तनको पक्षमा ध्यान नपुगेका विषयहरु

    • राजनैतिक प्राथमिकता इच्छाशत्तिको अभाव र प्रशासनिक इमान्दारिताको कमी छ ।
    • प्रशासनका मुल्य, निर्देशक सिद्धान्त, जवाफदेहिता, कार्यसम्पादन र सांस्कृतिक व्यवहारहरुका मापदण्ड विकास गरिएको छैन । पुरातन मूल्यबाट निर्देशित छन ।
    • नैतिक मापदण्ड र पुर्वाधारहरुको अभाव छ
    • प्रशासनको लोकतान्त्रीकरणको पक्षमा ध्यान पुगेको छैन ।
    • राजनीतिले नेतृत्वको गर्नुपर्ने सांस्कृतिक रुपान्तरणको अभियान कहिल्यै पनि भएन ।
    • ब्यक्ति केन्द्रित प्रशासन र नेतामूखी योजनाका संरचनामा अभ्यासलाई अझै मलजल हुँदै गएको अवस्था छ ।

    लगायतका विषयहरु

     निजामति सेवामा मूल्य मान्यता सहितको संस्कृतिको विकास गर्न गर्नुपर्ने कार्यहरु

    नीतिगत सुधारहरु : प्रस्तावित संघीय निजामती सेवा एनमा हार्डवेयरमा मात्र हैन कर्मचारीलाइ संघीयता र लोकतान्त्रिक गणतन्त्रका लाभहरु सिर्जना र वितरण गर्न सक्ने गरी यसका मार्गदर्शक सिध्दान्तहरु, मुल्यहरु र नीतिगत आधारहरु तय  गरीनुपर्छ र सोही बमोजीम यसको समग्र ब्यवहार र संस्कार समेतमा रुपान्तरणका प्रावधानहरु समावेश गर्नुपर्छ ।

     अबका कर्मचारीहरुका नयाँ मुल्यहरु : निष्ठा, इमान्दारिता, जवाफदेहिता , पारदर्शिता, करुणा, दया, परानुभूति , तटस्थ विज्ञता, विविधमैत्री , नवप्रवर्तन, खुलापन, नतीजा केन्द्रित , निस्वार्थपन, गतिशिलता, टिम कार्य, प्रविधिमैत्री असल सांस्कृतिक पंर्वाधारहरुको निर्माण : सार्वजनिक संगठनहरुले प्रदर्शन गर्नुपर्ने ब्यवहारलाई सुनिश्चितता गर्ने न्युनतम वातावरणको निर्माण संगठन र यसको नेतृत्वले गर्नुपर्ने हुन्छ । केही यस्ता पूर्वाधारहरुमा पारदर्शिताको सस्कार, सफलता, जोखिम र चूनौतीहरु एकापसमा बाँड्ने पधति, कर्मचारीहरुका मूल्यवान विचारहरुलाइ सुन्ने संस्कार, कर्मचारीहरु बीच विश्वासमा आधारित बलियो सम्बन्ध निर्माण कर्मचारीहरुको कार्यस्वातयत्ततालाई प्रोत्साहन गर्ने संगठनात्मक संस्कार, काममा लचकता कर्मचारीहरुको कार्यस्वायत्ततालाइ प्रोत्साहन गर्ने संगठनात्मक संस्कार काममा लचकता कर्मचारीहरुको उदश्य र प्यासनलाई संगठनसँग आवध्द गर्ने, टिममा काम गर्ने संस्कृति, नियमित पृष्ठपोषण प्रदान गर्ने संयन्त्र, संगठनका कोर मुल्यप्रतिको सत्यनिष्ठा रहेका छन ।

    कर्मचारीहरुको सामाजीकरणको पधतिमा रुपान्तरण : सबै प्रकारका कर्मचारीहरुलाई सेवा प्रवेश गर्ने त्रममा कम्तीमा ६ महीनासम्मको ईन्टर्नसीप र प्रयोगात्मक विधिमा आधारित सघन सोच परिवर्तन सहितको अभिमूखीकरण जरुरी छ ।

    Revisiting the whole organizational structure

    Democratic Culture:

    Creating diversity dividend

    Digital Culture:

    Work life balance

     

     

    निजामती सेवामा मूल्य प्रणाली संस्थागत गर्ने उपायहरु अन्तराष्ट्रिय सन्दर्भ सहित

    • Establishment of Ethical Infrastructures: Guiding Principles, Values of public Life, Ethical Code of Conduct, Ethical Policies and act, Ethical Decision Making, Ethical Audit, Ethical Leadership, Accountability act

    Ethical commission

    Ethical audit

     International context: India Japan USA European countries

    भारतको निजामती सेवाको मूल्य नोलान कमिटिलाई नै मानेको देखिन्छ ।

    UK Wicks committee ले शिफारिसले गरेको सार्वजनिक जीवनका सात सिद्धान्तहरु

    ❖ Selflessness

    ❖ Objectivity

    ❖ Integrity

    ❖ Openness

    ❖ Accountability

    ❖ Honesty

    ❖ Leadership by example

    • Hongkong civil service: Dedication, Accountability, Neutrality, Impartiality, Honesty, Integrity, Committed to Rule of law, Openness and objectivity

    निष्कर्ष : समय भएमा मात्र संक्षिप्तमा आफ्नो संश्लेषण र आगामी नीतिगत गन्तब्य

     

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100