डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित - Chaitanya News
  • 2026-04-22
  • 14:59:52
  • बुधबार,बैशाख ०९, २०८३
  • डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

    डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

    काठमडौं – डोटीबाट प्रतिनिधि सभा सदस्यमा प्रेमबहादुर आले निर्वाचित भएका छन् । आज (बिहीबार) बिहान मतगणना सम्पन्न हुँदा एकीकृत समाजवादीका उम्मेदवार आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका हुन् ।

    सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २१० मत प्राप्त गरे । एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गरिन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत पाए ।

    राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रासाद जोशीले १०४ मत प्राप्त गरे ।