दीर्घबहादुर सोडारीलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय - Chaitanya News
  • 2026-07-07
  • 21:54:08
  • मंगलबार,आषाढ २३, २०८३
  • दीर्घबहादुर सोडारीलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय

    दीर्घबहादुर सोडारीलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय

    नेकपा (एकीकृत समाजवादी)पार्टीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दीर्घबहादुर सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ।

    पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको ८० औ सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता समेत रहेका सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

    पार्टीको १० औ महाधिवेशनको तयारी लगायतको विषयमा छलफल गर्न सचिवालय बैठक पार्टी कार्यालयमा जारी छ। केन्द्रीय सत्ता गठबन्धन फेरिएपछि कांग्रेस नेतृत्वको गठबन्धनबाट कमल शाहले राजीनामा दिएपछि सुदूरपश्चिममा नयाँ सरकार गठनको गृहकार्य भइरहेको छ।

    तर सत्ता गठबन्धनभित्रै रहेका दलहरुबीच मुख्यमन्त्रीबारे एकरुपता छैन। यसअघि नागरिक उन्मुक्तिलाई त्यहाँको मुख्मयन्त्री दिने निर्णय भएकोमा निर्णय परिवर्तन गर्दै एकीकृत समाजावादीलाई दिने निर्णय भएको थियो। तर नाउपामा रेशम र रञ्जिता पक्ष विभाजित छ। रेशमको पक्षमा प्रदेश संसदीय दलका नेता रहेको र यो पक्ष कांग्रेससँगको समीकरणमा रहेकाले सोडारीले समर्थन पाउनेमा अनिश्चितता छ।